News Portal

रेडियो सुन्नुहोस्

चरी जेलैमाले ततायो तीजको रौनक (भिडियो सहित)

तेजेन्द्र बिए.म.२०७८ भाद्र १३
२९२५ पटक
२०७८ भाद्र १३

यतिबेला विष्णु माझिले गाएको चरी जेलैमा तीज गीत निकै चर्चामा छ । यो गीत संगै यस वर्षको जीजको रौनक बढ्दै गएको छ । सुन्दरमणी अधिकारीको रचना र विष्णु माझिको स्वर रहेको यो गीत पुतलिको भट्टि भाग १७ मार्फत बजारमा आएको छ । नेपाली लोक संगीतमा श्वर मार्फत एकछत्र राज गरेकी विष्णु माझिको यो वर्ष कस्तो तीज गीत आउँछ भनेर कुरेका स्रोताले चरी जेलैमा तीज गित निकै मन पराएका छन् । एकपछि अर्को गर्दै भाग १७ सम्म उनले निकालेका तीज गीत सबै लोकप्रिय बने ।

हामी यतिबेला चरी जेलैमा मात्र मात्र नभएर माझीले गाउका तीज गीत भाग १ देखि १७ सम्म चर्चा गर्न गएका छौ । माझीले यो वर्ष गाएको चरी जेलैमा गित यो समाचार तयार पार्दासम्म युटुवमा अपलोड भएको १ हप्तामै ७० लाख बढि ले हेरेका छन् । युटुव ट्रेन्डिमा छ । अधिकांश नारीहरुको जीवनसँग मेल खाने यो गितले ग्रामिण महिलाहरुको वास्तविक कथा र कहानी समेटेको छ ।

 

सुरीलो आवाज रहेकी माझीले अहिलेसम्म १० हजार भन्दा बढी गीत गाइसकेकी छिन् । उनले गाएका सयौं गीतहरु नसुन्ने र नगुनगुनाउने बिरलै हुन्छन् । अर्को विशेष कुरा केछ भने उनले गाएको पुतलिको भट्टि भाग-१ देखि भाग-१७ सम्मका सम्पूणर् गीतहरुको शब्द रचना र लय सिर्जना भने उनकै श्रीमान सुन्दरमणि अधिकारिले नै गरेका छन् । पुतलिको भट्टि भाग-१ देखि भाग-१७ सम्म उनले गाएका चर्चित गीतमा भिडियो क्लिप्सहरु यस्ता छन् ।

भाग-१ ः- सातो फेरम्ला,
भाग-२ ः- सानो सानो गफ छ,
भाग-३ ः- शिङ्गापुरे भेना,
भाग-४ ः- नाचम्ला छमछम,
भाग-५ ः- अहिलेको तीजमा नाच बरिलै,
भाग-६ ः- बारुले कम्मरै,
भाग-७ ः- हाई मेरो फरिया,
भाग-८ ः- फरर फरिया,
भाग-९ ः- भिनाजु पल्केर,
भाग-१० ः- घुमरे जुलफि,
भाग-११ ः- मेरो भेना हङ्कङुको लाहुरे,
भाग-१२ ः- मै छौरी सलल,
भाग-१३ ः- अरेलि काँडैले,
भाग-१४ ः- मार्‍यो दैया,
भाग-१५ ः- पाक्यो बेलौती,
भाग-१६ ः- नदिया सल सल,
भाग-१७ ः- चरि जेलैमा,

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...