News Portal

रेडियो सुन्नुहोस्

गोठीबाङमा अवरुद्ध सडक बेलुकादेखि खुल्ने

भुलेनी नेटवर्क२०७८ भाद्र १६
११३३ पटक
२०७८ भाद्र १६

अबिरल बर्षाका कारण सडक भास्सिएपछी गोठिवाङमा अवरुद्ध भएको चकचके-भिङ्गृ सडक खण्ड आज बेलुकादेखि खुल्ने भएको छ । स्वर्गद्वारी नगरपालिका-४, गोठिबाङमा सोमबार बिहानदेखि अवरुद्ध सडकमा ग्याविन लगाएर सडक सुचारु गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए ।

‘ग्याविन लगाउने, होमपाइप राख्ने, जाली भर्ने काम भइरहेको छ ।’ केसीले भने, ‘आज बेलुका सम्म जसरी पनि सडक सुचारु गर्नेछौं ।’ बर्षाको भेल सँगै होमपाइप जाम भएकाले सडक भास्सिएको थियो ।

पहिले सानो होम राखिएकोमा अहिले ठुला होमपाइप राख्न थालिएको हो । सडक अबरुद्व हुँदा सोमबार बिहान देखि सवारी आवागमन पुर्ण रुपमा बन्द थियो ।

यो रोल्पा आउजाउ गर्ने मुख्य सडक समेत हो । सडक अवरुद्ध हुँदा रोल्पा प्यूठानका दर्जनौं यात्रु अलपत्र छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...