News Portal

रेडियो सुन्नुहोस्

गोठीबाङमा अवरुद्ध सडक बेलुकादेखि खुल्ने

भुलेनी नेटवर्क२०७८ भाद्र १६
६९६ पटक
२०७८ भाद्र १६

अबिरल बर्षाका कारण सडक भास्सिएपछी गोठिवाङमा अवरुद्ध भएको चकचके-भिङ्गृ सडक खण्ड आज बेलुकादेखि खुल्ने भएको छ । स्वर्गद्वारी नगरपालिका-४, गोठिबाङमा सोमबार बिहानदेखि अवरुद्ध सडकमा ग्याविन लगाएर सडक सुचारु गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए ।

‘ग्याविन लगाउने, होमपाइप राख्ने, जाली भर्ने काम भइरहेको छ ।’ केसीले भने, ‘आज बेलुका सम्म जसरी पनि सडक सुचारु गर्नेछौं ।’ बर्षाको भेल सँगै होमपाइप जाम भएकाले सडक भास्सिएको थियो ।

पहिले सानो होम राखिएकोमा अहिले ठुला होमपाइप राख्न थालिएको हो । सडक अबरुद्व हुँदा सोमबार बिहान देखि सवारी आवागमन पुर्ण रुपमा बन्द थियो ।

यो रोल्पा आउजाउ गर्ने मुख्य सडक समेत हो । सडक अवरुद्ध हुँदा रोल्पा प्यूठानका दर्जनौं यात्रु अलपत्र छन् ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...