News Portal

रेडियो सुन्नुहोस्

निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ नहुने

झुलेनी नेटवर्क २०७८ भदौ १८, काठमाडौं
५०९ पटक
२०७८ भदौ १८, काठमाडौं

नेकपा एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नहुने भएको छ। मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेको भएपनि बेन्च बस्न नभ्याएपछि मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नै नभएका निवेदनहरुलाई पछि सनाखत गराएको,बिना कारण प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्टै दल दर्ता गराएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो।

यस्तै लुम्बिनी प्रदेशका दुईजना सांसद बिमला वली र अजय शाहीलाई दलले निष्कासन गरेका दुवै सांसदलाई यथावत राख्नेगरी भएको निर्णय बदर गरी गैरकानुनी कार्य गरेको भन्दै एमालले असर्वोच्चमा अर्को रिट दायर गरेको थियो।

यस्तै एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर सभामुख सापकोटाले कारवाही प्रक्रिया अगाडि बढाएका थिएनन्।

त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ ।

 

 

 

 

अन्नपुर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...