News Portal

रेडियो सुन्नुहोस्

निर्वाचन आयोगविरुद्ध मुद्दाको सुनुवाइ नहुने

झुलेनी नेटवर्क २०७८ भदौ १८, काठमाडौं
८७२ पटक
२०७८ भदौ १८, काठमाडौं

नेकपा एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नहुने भएको छ। मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेको भएपनि बेन्च बस्न नभ्याएपछि मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नै नभएका निवेदनहरुलाई पछि सनाखत गराएको,बिना कारण प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्टै दल दर्ता गराएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो।

यस्तै लुम्बिनी प्रदेशका दुईजना सांसद बिमला वली र अजय शाहीलाई दलले निष्कासन गरेका दुवै सांसदलाई यथावत राख्नेगरी भएको निर्णय बदर गरी गैरकानुनी कार्य गरेको भन्दै एमालले असर्वोच्चमा अर्को रिट दायर गरेको थियो।

यस्तै एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर सभामुख सापकोटाले कारवाही प्रक्रिया अगाडि बढाएका थिएनन्।

त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ ।

 

 

 

 

अन्नपुर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...