News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको भदौ ३१ मा जिल्ला भेला हुने

झुलेनी नेटवर्क२०७८ भाद्र २७
८७० पटक
२०७८ भाद्र २७

नेकपा एमाले प्यूठानको भदौ ३१ गते जिल्ला भेला हुने भएको छ । एमाले जिल्ला कमिटि प्यूठानको आइतवार पार्टी कार्यालय विजुवारमा सम्पन्न जिल्ला कमिटि बैठकले यस्तो निणर्य गरेको प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले जानकारी दिए । भेलामा जिल्ला कमिटीका सदस्य, प्रदेशकमिटी, जनवर्गिय संगठनबाट १० जना प्रतिनिधि, गाउँपालिका संगठन कमिटी र वडा कमिटीका पदाधिकारीहरु सहभागि हुने कुवरले बताए ।
उनका अअनुसार बैठकले जनवर्गिय संगठनको बैठक तथा भेला गर्ने र जिल्ला कमिटीको संख्या २ सय १ रहेकोमा २४ जना थपेर २ सय २५ जना पुर्‍याउने समेत निणर्य गरेको छ । बेठकमा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका संयोजक लिला गिरी, प्रदेश कमिटी सचिवालय सदस्य हरि रिजाल, प्रदेश कमिटी सदस्य राम बहादुर के.सी, प्रदेश कमिटी सदस्य विजय विराज बिष्ट र प्रदेश कमिटी सदस्य कमला रिजाल लगायतको अथित्थ्यता रहेको थियो ।

सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेश कमिटि संयोजक लिला गिरीले एमालेबाट माधव नेपाल समुह फुटेर गएको नभई चोइटिएर गएको संज्ञा दिए । प्रदेश स्तरमा लाभका लागि केहिँ प्रदेश सांसद गएपनि स्थानीयत स्तरमा यसको कुनै पनि असर नपरेको गिरीको जिकिर थियो । बैठकमा बोल्दै प्रदेश कमिटी सदस्य तथा प्यूठान क्षेत्र नं १ का प्रदेश सभासद हरी रिजालले लोभी पापिहरुले छुट्टै दल गठन गरेपनि नेकपा एमाले केहि असर नपरेको बताए ।

उनले नेपालभर रहेका कुल मध्येबाट ९ प्रतिशत मात्र अलग भएकाले यिनिहरु टुक्रिएको नभइ लाभ लिनका लागि छुट्टै दल गठन गरेर गएको संज्ञा दिए । बैठकमा जिल्लाका ९ वटै स्थानीय तहका पार्टी गाउँपालिका संयोजक तथा सचिवबाट पालिका स्तरको गतिबिधिको बिषयमा रिर्पोटिङ गरीएको प्रचार विभाग प्रमुख कुवरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...