News Portal

रेडियो सुन्नुहोस्

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

झुलेनी नेटवर्क २०७८ भदौ २८, काठमाडौं
६३८ पटक
२०७८ भदौ २८, काठमाडौं

यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको जानकारी दिए।

‘बैंक तथा वित्तीय संस्थाहरुलाई नोट दिन थालिसकेका छौं, सर्वसाधारणका लागि असोज ४ गतेदेखि सटही गर्ने योजनामा छौं’ सेतोपाटीसँग उनले भने।

सर्वसाधारणले ५, १०, २०, ५० र १ सय अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन्। राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट सर्वसाधारणले नयाँ नोट पाउने छन्।

एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने प्रवक्ता ढकालले बताए।

साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकका निश्चित शाखाबाट पनि नोट वितरण गर्ने तयारी गरिएको छ।

सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखाबाट पनि नयाँ नोट लिन पाउने छन्।

गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट गरेको थिएन। यसपालि कोरोनाको संक्रमणमा कमी आएसँगै नयाँ नोट वितरण गर्ने निर्णय भएको हो।

 

 

 

 

 

 

सेताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...