News Portal

रेडियो सुन्नुहोस्

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

झुलेनी नेटवर्क २०७८ भदौ २८, काठमाडौं
८०१ पटक
२०७८ भदौ २८, काठमाडौं

यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको जानकारी दिए।

‘बैंक तथा वित्तीय संस्थाहरुलाई नोट दिन थालिसकेका छौं, सर्वसाधारणका लागि असोज ४ गतेदेखि सटही गर्ने योजनामा छौं’ सेतोपाटीसँग उनले भने।

सर्वसाधारणले ५, १०, २०, ५० र १ सय अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन्। राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट सर्वसाधारणले नयाँ नोट पाउने छन्।

एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने प्रवक्ता ढकालले बताए।

साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकका निश्चित शाखाबाट पनि नोट वितरण गर्ने तयारी गरिएको छ।

सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखाबाट पनि नयाँ नोट लिन पाउने छन्।

गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट गरेको थिएन। यसपालि कोरोनाको संक्रमणमा कमी आएसँगै नयाँ नोट वितरण गर्ने निर्णय भएको हो।

 

 

 

 

 

 

सेताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...