News Portal

रेडियो सुन्नुहोस्

 पाटनको उमामहेश्वर मूर्ति चोरिएको ६२ वर्षपछि अमेरिकाबाट घर फर्कँदै

अमेरिकाको डेनभर म्युजियमले वासिंगटन डीसीस्थित दूतावासलाई हस्तान्तरण ’खर्च तिरेर मूर्ति ल्याउन वा पुरानै ठाउँमा प्रतिस्थापन गर्न हामी तयार छौं’— ललितपुर मेयर

झुलेनी नेटवर्क २०७८ भदौ २९, काठमाडौं
८१५ पटक
२०७८ भदौ २९, काठमाडौं

पाटनको कुम्भेश्वर मन्दिर गाःहिटीमा रहेको र सन् १९६० को मध्यतिर हराएको उमामहेश्वरको मूर्ति अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएपछि लामो अनुसन्धान प्रक्रिया टुंग्याएर वासिंटनस्थित नेपाली दूतावासलाई बुझाइएको छ ।

दशौं शताब्दीमा निर्माण भएको मानिने पुरातात्विक महत्त्वको यो सम्पदा डेनभर म्युजियममा भेटिएकोबारे एक वर्षअघि समाचार सार्वजनिक भएपछि यसको ‘उत्पत्तिको थलो’ सहितका प्रमाण जुटाउँदै काठमाडौंस्थित अमेरिकी दूतावास, युनेस्कोसहितको समन्वयमा उक्त मूर्ति नेपाललाई फिर्ता दिइएको हो । अमेरिका फेला परेका नेपाली सम्पदाजन्य मूर्तिहरु फिर्ता ल्याउन अमेरिकी प्रहरी सुरक्षा निकाय फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआइ)ले सहयोग गर्दै आएको छ ।

कैलाश पर्वतमा बसिरहेको पृष्ठभूमिमा शिव–पार्वतीसहितको कुँदिएको प्रतिरुप मूर्ति बारेमा अन्वेषक लैनसिंह वाङ्देलले आफ्नो पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’(सन् १९८९)मा समेत उल्लेख गरेका छन् । ‘भगवान शिव ललितासनमा बसेको र गणेश, कुमार, नन्दी, भृङ्गिसहितका भगवान आकृतिहरुको विशिष्ट शिल्पी यो मूर्तिमा समेटिएको छ,’ वाङ्देलले उमामहेश्वर मूर्तिको बयान (पृष्ठ ७६)मा भनेका छन् । सन् १९८० देखि डेनभर म्युजियममा रहेको उमामहेश्वर मूर्तिका बारे विगतमा पनि सूचना–समाचार आए पनि सम्पदा घर फर्काउनमा सरकारी तहको पहल हुन सकेको थिएन । पछिल्ला वर्षमा मात्रै परराष्ट्र मन्त्रालय, संस्कृति मन्त्रालय, पुरातत्व विभागसहितले आफ्ना हराएका र चोरिएका सम्पदा विदेशस्थित संग्रहालयबाट घर फर्काउन विशेष जोड दिँदै आएका छन् ।

आफ्नो महानगरभित्रको सम्पदा घर फर्कन लागेको ललिलतपुरका मेयर चिरिबाबु महर्जनले ‘यो सम्पदा अमेरिकाबाट फिर्ता ल्याउनदेखि कुम्भेश्वरको पुरानै स्थानमा प्रतिस्थापन गर्न समेत महानगरले जिम्मेवारी लिने भएको जानकारी दिए । ‘यसअघि पनि पाटन, पट्को टोलस्थित लक्ष्मी–नारायण मूर्ति(वासुदेव–कमलाजा) लाई पुरानै स्थानमा प्रतिष्थापन गर्ने जिम्मेवारीसहितको हकदावी हामीले गरेका थियौं,’ मेयर महर्जनले कान्तिपुरसँग भने, ‘हराएको ३७ वर्षपछि अमेरिकाको डल्लास म्युजियममा भेटिएको लक्ष्मी–नारायण मूर्ति पनि अहिले हामीसँग आइसकेको छ, हाल पाटन म्युजियममा राखिएको यो मूर्तिलाई केही समयमा पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गर्ने तयारी भइरहेकै छ ।’ मेयर महर्जनले पुरातात्विक महत्त्वको उमामहेश्वर मूर्तिलाई घर ल्याउन आवश्यक परेको अवस्थामा डेलिभरि खर्चसमेत ललितपुर महानगरले बेहोर्ने जानकारी समेत दिए ।

घर फर्किएका मूर्तिलाई पुरातत्व विभाग वा छाउनी संग्रहालयको भण्डारमा राखिनुभन्दा यसरी मूर्ति उत्पत्तिको थलो (सम्बद्ध मन्दिर, बहाल) आदिमै प्रतिस्थापन गर्ने ललितपुर महानगरको तदारुकतालाई सम्पदाविद्हरुले ‘अनुकरणीय’ मानेका छन् । ‘अहिले पनि दर्जनौं पुरातात्विक सम्पदाहरु छाउनी संग्रहालयको भण्डारणमा थन्किएका छन्, ती सम्पदालाई जिम्मा लिने र सम्बद्ध स्थानमै प्रतिस्थापन गर्ने आँट अरु जिल्ला, नगर वा स्थानीय निकायले पनि गर्नुपर्ने हुन्छ,’ सम्पदाविद् रवीन्द्र पुरीले भने । उनले यसरी विदेशबाट फर्किएका सम्पदालाई यथास्थानमा लैजाने पहल तत्कालै काठमाडौं महानगर र भक्तपुर नगरपालिकाले पनि थाल्नुपर्ने सुझाव दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

कान्तिपुर

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...