News Portal

रेडियो सुन्नुहोस्

लागू आैषध दुव्र्यसन विरूद्वको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरि हुने

सिखबर संवाददाताअसार ११ प्यूठान, स्वर्गद्वारी
१४२७ पटक
असार ११ प्यूठान, स्वर्गद्वारी

लागु आैषध दुव्र्यसन तथा ओसारपसार विरूद्वको अन्तर्राष्ट्रिय दिवस २०७५ लाई भव्य सफल पार्नको लागि इलाका प्रहरी कार्याल भिङग्री प्यूठान र स्वर्गद्वारी नगरपालिका स्तरीय लागू आैषध दुव्र्यसन विरूद्वको संयुक्त आयोजनामा भोलि अर्थात् असार १२ गते मंगलबार विहान प्रभातफेरि कार्यक्रम गर्ने निर्णय गरेको छ ।
स्वर्गद्वारी नगरपालिका स्तरीय लागू आैषध दुव्र्यसन विरूद्वको समितिका संयोजक स्वर्गद्वारी नगरपालिका उप-प्रमुख गोमा रेग्मीको संयोजकत्वमा बैठक बसि प्रभातफेरि कार्यक्रम गर्ने निर्णय गरेको हो ।
उक्त प्रभातफेरि कार्यक्रममा उपस्थित भएर लागू आैषध नियन्त्रणमा सहयोग गर्नेको लागि आयोजकले सबै सरोकारवाला निकायहरू तथा स्थानीयलाई अनुरोध गरेको छ ।
कार्यक्रममा विहान ६ बजे जलुके देखि स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि गेट सम्म प्लेकार्ड सहितको र्याली निकाल्ने इप्रका भिङग्रीका प्रहरी प्रमुख घनश्याम केसीले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...