News Portal

रेडियो सुन्नुहोस्

कबिता : नौटंकी जात्रा (लोकेन्द्र जि सी)

सिखबर संवाददाता
४१७२ पटक

मैले त त्यतिबेलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले,
मौसम छ वर्षा हाबा हुरीको
हिड्नुछ यात्रा लामो दुरीको
उड्ने त्यो बाटो खुला छ गगन
चट्याङ पर्छ गरेर गर्जन
बर्सन्छ हिउँ असिना पानी
गर्दैछौ भुल जानी नजानी
आकास भरी बादल छ टम्म
पुग्नुछ पारी गन्तब्य सम्म
ढुकिरहेछन हाम्रा सिकारी
सिकार खेल्न बाँण तिखारी
त्यसैले,मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले।

उड्दा उड्दै पखेटा गलेका
धर्तीमा हेर्यौ ,फलफुल फलेका
लुछ्दै थिए स्यालहरु सिनो
कल्पायौ त्यो मन आशा भो झिनो
बिर्सेर तिम्रो गन्तव्य दुर
गर्यौ नी तिमिले मिसिने सुर
खाउ रमाउ यहीँ छ सब थोक
बिर्सेर सपना बदल्ने त्यो लोक
मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार अहिले।

बनेर बाज आकास भरीको
बिचल्ली पार्यौ ती साना चरीको
तिखारी नङ्रा उधाइ ठुँड
फुटायौ फूल भत्कायौ गुण
छुटायौ कति चरीका जोडी
टुहुरा बच्चा गुणमै छोडी
कोइली नाँच्ने हाँगा नि भाँच्यौ
खुब गरेँ भन्दै उडेर नाँच्यौ

सम्झेर मेरो त्यो वचन बोली
नढाँटी भन हृदय खोली
कस्तो भो तिम्रो त्यो दुर यात्रा
गर्यौ बेकार नौटंकी जात्रा।

२०६३, प्युठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...