News Portal

रेडियो सुन्नुहोस्

गर्भवतिका लागि ओखरकोट स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

झुलेनी नेटवर्क२०७८ असौज ८, प्यूठान
१४४९ पटक
२०७८ असौज ८, प्यूठान

जिल्लाको ओखरकोट स्वास्य चौकिमा अल्ट्रासाउण्ड सेवा सुरु गरीएको छ । गर्भावस्थामा रहेका महिलाहरुको समयमै गर्भजाँच गरी जटिलता पत्ता लगाई समस्याको पहिचान गर्ने उदेश्य अनुरुप बिहिवारदेखि झिमरुक ५ मा रहेको स्वास्थ्य चौकि बाट सेवा सुरु गरीएको हो ।

गर्भावस्थाका महिलाहरुको उचित व्यवस्थापन गर्ने र मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने उदेश्यले झिमरुक गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीबाट सेवा सुचारु गरिएको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जि.सी.ले सेवाको उदघाटन गरेकी हुन् ।

गा.पा. अन्तर्गत र त्यस सेवा क्षेत्रभित्र पर्ने सवै गर्भवती महिलाहरुले ओखरकोट स्वास्थ्य चौकीबाट निशुल्क अल्ट्रा साउन्ड सेवा लिन पाउनेछन ।

सेवा सञ्चालनका लागि प्रदेश सरकारको अनुदान स्वरुप करिब ६ लाख ७६ हजारको बराबरको अनुदान उपलब्ध भएको स्वास्थ चौकीकि प्रमुख बिजुला बि.सि.ले बताइन । यहाँ सेवा सुरु गरीएपश्चात महँगो पैसा तिरेर घन्टौ धाएर महिलाहरुलाइ शहर धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...