News Portal

रेडियो सुन्नुहोस्

गर्भवतिका लागि ओखरकोट स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

झुलेनी नेटवर्क२०७८ असौज ८, प्यूठान
१६४२ पटक
२०७८ असौज ८, प्यूठान

जिल्लाको ओखरकोट स्वास्य चौकिमा अल्ट्रासाउण्ड सेवा सुरु गरीएको छ । गर्भावस्थामा रहेका महिलाहरुको समयमै गर्भजाँच गरी जटिलता पत्ता लगाई समस्याको पहिचान गर्ने उदेश्य अनुरुप बिहिवारदेखि झिमरुक ५ मा रहेको स्वास्थ्य चौकि बाट सेवा सुरु गरीएको हो ।

गर्भावस्थाका महिलाहरुको उचित व्यवस्थापन गर्ने र मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने उदेश्यले झिमरुक गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीबाट सेवा सुचारु गरिएको हो । झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जि.सी.ले सेवाको उदघाटन गरेकी हुन् ।

गा.पा. अन्तर्गत र त्यस सेवा क्षेत्रभित्र पर्ने सवै गर्भवती महिलाहरुले ओखरकोट स्वास्थ्य चौकीबाट निशुल्क अल्ट्रा साउन्ड सेवा लिन पाउनेछन ।

सेवा सञ्चालनका लागि प्रदेश सरकारको अनुदान स्वरुप करिब ६ लाख ७६ हजारको बराबरको अनुदान उपलब्ध भएको स्वास्थ चौकीकि प्रमुख बिजुला बि.सि.ले बताइन । यहाँ सेवा सुरु गरीएपश्चात महँगो पैसा तिरेर घन्टौ धाएर महिलाहरुलाइ शहर धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...