News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा ज्येष्ठ नागरिक स्यहारकर्ताहरुलाइ सम्मान

तेजेन्द्र बिएम२०७८ असौज १५, प्यूठान
१०२४ पटक
२०७८ असौज १५, प्यूठान

ज्येष्ठ नागरिकहरुलाइ स्याहार गर्ने स्याहारकर्ताहरुलाइ शुक्रवार विजुवारमा सम्पन्न गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७८ को अवसरमा प्यूठान नगरपालिका नगर स्तरिय ज्येष्ठ नागरिक सञ्जाल समितिले उनिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा प्युठान नगरपालिका भित्रका आफ्ना अभिभावकको स्याहारमा मुख्य भुमिका खेल्ने स्याहारकर्ताहरु सहभागि थिए । नगरपालिका अन्तर्गतका १० वटा वडाका २/२ जना महिला तथा पुरुष स्याहारकर्ता लाई  दोसल्ला ओढाएर सम्मान गरीएको हो । सम्मानित हुनेहरुलाइ करुवा र सम्मान पत्र दिइएको थियो ।

घरका आफ्ना अभिभावकलाइ स्याहार गर्नु आफ्नो दायित्व र कर्तव्य हुने भएपनि हौसलाका लागि सम्मान गरीनु आफुहरुलाइ उत्साह मिलेको सम्मानित हुनेहरुले बताएका थिए । कार्यक्रममा प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यता रहेको थियो भने  उपप्रमुख शान्ता आचार्य विशिष्ट अतिथिको रुपमा थिइन । संजालका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक संघ प्युठानका अध्यक्ष गेहराज पण्डित, वयोवृद्ध तथा अनाथ संरक्षण मञ्चका उपाध्यक्ष पदम प्रसाद पोख्रेल, पत्रकार महासंघ सन्जय रिजाल लगायतका बक्ताहरुले सहभागीहरुलाइ मन्तब्य राखेका थिए । प्यूठान नगरपालिकाले कार्यक्रम सन्चालनका लागि आर्थिक सहयोग गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...