News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा अक्सिजन प्लान्ट मेसिनको उद्घाटन

बोम बहादुर परियार२०७८ असौज २४, प्यूठान
११५९ पटक
२०७८ असौज २४, प्यूठान

प्युठान अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णध्वज खड्काले सो रिबन काटेर शनिवार मेसिन उद्घाटन भएको सुरुवात गरेका हुन् । यो मेसिन सुरुवात भएपछी जिल्लामा पर्याप्त अक्सिजनको सुविधा हुनेछ । यो मेसिन नहुँदा स्वासप्रश्वास सम्बन्धिका बिरामि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट मेसिन २० मिलिक्युब क्षमता भएको र दिनमा ७० देखि ७५ वटा ठुला अक्सिजन सिलिन्डर भर्न मिल्ने प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्नाल ले बताए । जिल्लामै अक्सिजन प्लान्ट मेसिन सुचारु भएपछी अस्पतालबाट दिईने सेवामा सहजता हुने र जिल्ला बासिलाई सुविधा पुग्ने दर्नालको भनाई छ ।

मेसिन उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्युठान अस्पतालमा चालु आर्थिक वर्षमै ईन्डोस्कोपिक सेवा सुचारु गर्नको लागि ३० लाख बजेट छुट्टाएको जानकारी दिए । नागरिकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आउदो चैत्र महिना सम्म जिल्लामै सिटि स्क्यान र ईन्डोस्कोपिक सेवा सुचारु गर्ने मन्त्रि खड्काले बताए ।

प्युठान अस्पताल ब्याबस्थापन समितीका अध्यक्ष शिद्दिमणी सुबेदिको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , जिल्ला समन्वय उपप्रमुख पदम थापा , प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति प्युठान जिल्लाका प्रहरि प्रमुख सुनिल मल्ल लगायतको विशेष उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...