News Portal

रेडियो सुन्नुहोस्

गयरातीदेखि भालुवाङ प्यूठान खण्ड सडक अवरुद्ध : खुलाउने प्रयास जारी

झुलेनी नेटवर्क२०७८ कार्तिक १
८२९ पटक
२०७८ कार्तिक १

लगातार वर्षाका कारण गएरातीदेखि भालुवाङ प्यूठान सडक खण्ड अवरुद्ध छ । लगातार पानी परिरहेकोले भालुवाङ प्युठान सडक खण्डको थुप्रै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा जिल्ला भित्रिने र जिल्ला बाहिरिने गाडी बिच बाटोमै रोकिएका छन् । सरुमारानी गाउँपालिकाको बड्डादेखि प्यूठान तर्फका ५/७ ठाउँमा सडक अवरुद्ध हुने गरी पहिरो गएको छ ।

गर्जेनी, खहरेखोलो लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । लगातारको वर्षा र सडक अवरुद्धका कारण यात्रुहरु समयमै गन्तब्यमा पुग्न सकेका छैनन । सानो पहिरो गएको ठाउँमा यात्रुहरु र स्थानीयले सवारी धकेलेर सुरक्षीत ठाउँमा पुर्याउने प्रयास गरीरहेका छन ।  त्यसैगरी सडक डिभिजनसँग समन्यव गरेर जेसिवि मार्फत पहिरो खुलाउने प्रयास जारी रहेको प्यूठान प्रहरी प्रमुख शुनिल मल्लले जानकारी दिए । पहिरो गएको अधिकांस ठाउँमा प्रहरी पुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...