मार्सल आर्टस हाप्किडो संघ जिल्ला समिति प्यूठानको अध्यक्षमा टेकराज के.सी चयन भएका छन् ।
आज शुक्रवार बसेको जिल्ला समितिको वैठकले वरिष्ठ उपाध्यक्षसमेत रहेका के.सीलाई सर्वसम्भत चयन गरेको हो । गत कात्तिक २५ गते अध्यक्ष मुक्ति पोख्रेलले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए । यस्तै वैठकले उपाध्यक्षमा प्रचण्ड खड्का र खलजित बुढामगर चयन भएका छन् ।
जिल्लाका हाप्किडो खेलाडीहरुलाई सँगै लिएर अगाडी वढ्ने अध्यक्ष के.सीले बताए । पद ग्रहण गर्दै के.सीले आत्मरक्षाका लागि हाप्किडो आवश्यक रहेकाले प्रत्येक स्थानिय तह, प्रत्येक विद्यालयमा सो खेल सञ्चालन गरिने बताए । ‘पछिल्लो समय वढेको महिला हिंसालाई कम गर्न हाप्किडो आवश्यक हुन्छ ।’ उनले भने, ‘महिलालाई प्राथमिकतामा राखेर खेल सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।’
असोज महिनामा हुने भनिएको प्रथम अध्यक्षकप लुम्विनि प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप पुस अन्तिमसम्म सञ्चालन गरिने के.सीले बताए । के.सी जिल्लामा मुख्य प्रशिक्षकको रुपमा पनि कार्यरत छन् ।
हाप्किडो संघ प्यूठानको अध्यक्षमा के.सी चयन
जिल्लाका खेलाडीहरुलाई सँगै लगेर अगाडी वढ्ने के.सीको भनाई
झुलेनि नेटवर्क२०७८ कार्तिक २७
२०७८ कार्तिक २७महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...
५ देशका राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...
मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...
प्यूठानमा तमू ल्होसार मनाईयो
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...
काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...