News Portal

रेडियो सुन्नुहोस्

हाप्किडो संघ प्यूठानको अध्यक्षमा के.सी चयन

जिल्लाका खेलाडीहरुलाई सँगै लगेर अगाडी वढ्ने के.सीको भनाई

झुलेनि नेटवर्क२०७८ कार्तिक २७
१९४८ पटक
२०७८ कार्तिक २७

मार्सल आर्टस हाप्किडो संघ जिल्ला समिति प्यूठानको अध्यक्षमा टेकराज के.सी चयन भएका छन् ।
आज शुक्रवार बसेको जिल्ला समितिको वैठकले वरिष्ठ उपाध्यक्षसमेत रहेका के.सीलाई सर्वसम्भत चयन गरेको हो । गत कात्तिक २५ गते अध्यक्ष मुक्ति पोख्रेलले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए । यस्तै वैठकले उपाध्यक्षमा प्रचण्ड खड्का र खलजित बुढामगर चयन भएका छन् ।
जिल्लाका हाप्किडो खेलाडीहरुलाई सँगै लिएर अगाडी वढ्ने अध्यक्ष के.सीले बताए । पद ग्रहण गर्दै के.सीले आत्मरक्षाका लागि हाप्किडो आवश्यक रहेकाले प्रत्येक स्थानिय तह, प्रत्येक विद्यालयमा सो खेल सञ्चालन गरिने बताए । ‘पछिल्लो समय वढेको महिला हिंसालाई कम गर्न हाप्किडो आवश्यक हुन्छ ।’ उनले भने, ‘महिलालाई प्राथमिकतामा राखेर खेल सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।’
असोज महिनामा हुने भनिएको प्रथम अध्यक्षकप लुम्विनि प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप पुस अन्तिमसम्म सञ्चालन गरिने के.सीले बताए । के.सी जिल्लामा मुख्य प्रशिक्षकको रुपमा पनि कार्यरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...