News Portal

रेडियो सुन्नुहोस्

देखिन छाडे झिमरुक फाँटमा हल गोरु

यान्त्रिककरणले किसानलाई सहज

सुजाता थापा क्षेत्री/तेजेन्द्र बि.एम.२०७८ कार्तिक २८, प्यूठान
१०५५ पटक
२०७८ कार्तिक २८, प्यूठान

हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ । झिमरुक फाँटमा हलगोरु देखिन छाडेका छन् । किसानको खेतमा सररर ट्रयाक्टरले एकैछिनमा जोतेर गहुँ छरेर भ्याइदिन्छ, किसान खुशी हुन्छन् ।

प्यूठान नगरपालिका–४ बिजुवार फाँटमा गहुँ छरी खेत ट्रयाक्टरले जोताउँदै गरेको अवस्थामा भेटिएका प्यूठान नगरपालिका–३ रातामाटाका किसान विष्णुवहादुर के.एमले ट्याक्टरले गहुँ छर्न निकै सहज हुन थालेको बताए । ‘गोरु लगाएर खेत बाँजो मार्न मात्रै ३ दिन लाग्थ्यो,’ उनले भने, ‘गोरुले जोत्दा खेतमा ठूला ठूला डल्ला हुन्थे फूट्याउनै गाह्राे ।’ बाँझो मारेपछि पूनः गहुँ छर्न ३ दिन समय छुट्टाउनु पर्ने झन्जट ट्रयाक्टरले जोताउन थालेपछि हटेको के‍.एमले बताए ।

अहिले हलि, गोरुको दैनिक ज्याला १ हजार ५ सय देखि १ हजार ७ सय सम्म दिन पर्नेमा ट्याक्टरले जोताउँदा आधाभन्दा धेरै रकम बचत हुन थालेको बताए । के.एमका अनुसार ट्रयाक्टरद्वारा जोताउँदा समयको बचत हुने, पैसा पनि कम खर्च हुने, बाँझो खेतमा नै सिधैँ गहुँ छर्न मिल्नुका साथै डल्ला फोर्नका लागि छुट्टै खेताला खोज्नु पर्ने झन्झट हटेको बताए ।

त्यस्तै प्यूठान नगरपालिका–४, निवासी सावित्रा नेपालीले ट्रयाक्टरले खेत जोताउन थालेपछि खेति गर्न सहज हुन थाले बताइन् । ‘३ वर्ष देखि ट्रयाक्टर मार्फत गहुँ छर्दै आएका छौँ’, उनले भनिन्, ‘सजिलै गहुँ छर्न पाएकोमा धेरै सहज भएको छ । ट्रयाक्टर मार्फत जोताउँदा मिनेटको ५० रुपैयाँ लिने गरेको छ ।’

झिमरुक फाँटमा किसानहरुले रोपाइँका बेलामा फाट्टफुट्ट गोरुले जोतेर रोपाई गरेपनि पछिल्लो समयमा पनि हाते ट्रयाक्टरले जोतेर रोपाई गर्न थालेको स्थानीय सिता के.एमले बताइन् । प्यूठानका पाखो बारीमा मकै भित्राएको केहि दिन मै गहुँ, तोरी र फापर जस्ता अन्न छर्ने गरिन्छ । गाँउमा जाँदा कार्तिक महिनामा तोरी र फापर ढकमक्क फुलेको हुन्छन् । गाउँघरमा समेत ट्रयाक्टर, हाते ट्रयाक्टर प्रयोग गरि खेतिपाति गर्न थालिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...