News Portal

रेडियो सुन्नुहोस्

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश

झुलेनी नेटवर्क २०७८ मंसिर १
८९४ पटक
२०७८ मंसिर १

चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओको सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो ।

चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बिचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा, मेक्सिको र बेलायतलाई समावेश गरिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...