News Portal

रेडियो सुन्नुहोस्

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश

झुलेनी नेटवर्क २०७८ मंसिर १
६८५ पटक
२०७८ मंसिर १

चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओको सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो ।

चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बिचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा, मेक्सिको र बेलायतलाई समावेश गरिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...