News Portal

रेडियो सुन्नुहोस्

पहिरो हटाउन माण्डवी गाँउपालीकामा ‘आफ्नै डोजर’

सिखबर संवाददाता१८ असार, प्यूठान
१३६३ पटक
१८ असार, प्यूठान

जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ।

वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा लिनवाट हुने अवरोध छिचोल्न डोजरले विपद्को अवस्थामा ‘एम्वुलेन्स’सरह काम गर्ने अपेक्षा गरिएको छ। “वर्षायाममा खस्ने पहिरोले विभिन्न स्थानमा वाटो वन्द गर्छ। जसकारण विरामीलाई अस्पत्ताल लैजान समेत अवरोध हुन्छ। निजी डोजरहरु समयमै आउदैनन्।” गाउपालीकाका अध्यक्ष श्रिधर रोकाले भने–“आपत्कालिन अवस्थामा डोजरले एम्वुलेन्सको जस्तै काम गर्नेछ।”

गाँउपालीकामा खनिएका नयाँ सडकमा पहिरो खसेमा र भलका कारण वाटो अवरुद्ध भएमा तत्काल वाटो सुचारु गर्न गाउँपालीकाको डोजरले सहज हुने गाँउपालीकाले जनाएको छ। वर्षायाममा निजी डोजरहरु वोलाउदा समय लाग्ने र दुरीको हिसावले खर्च पनि वढी हुने, तुलनात्मक रुपमा गाउँपालीकाको डोजरले छोटो समय र कम खर्चमा काम सम्पन्न गर्नेछ।

गाउँ कार्यपालीकाको निर्णय अनुसार गाउँपालीकाले जे.सि.वी. डोजर खरिद गरेको हो। ४२ लाख वजारमुल्य रहेको जेसिवी टेण्डरमार्फत खरिद गरिएको हो। ४२ लाख वजारमुल्य रहेको डोजर टेण्डरमार्फत ३६ लाख ४५ हजारमा खरिद गरिएको गाउँपालीका अध्यक्ष श्रिधर रोकाले वताए।

डोजरले चालु आर्थिक वर्षमा गाउँपालीकाकै झण्डै २५ लाख वरावरको काम गरेको छ। डोजरको आम्दानिवाट गाउँपालीकाको अन्य खर्च व्यवस्थापनमा सहयोग पुगेको अध्यक्ष रोकाले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...