


नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न नगरपालिकाको प्रथम नगर अधिवेशनबाट योगीको अध्यक्षतामा उपाध्यक्ष सुनधारा केसि, हरी बि. एम., मुकेश थापा, सचीव सुमनराज श्रेष्ठ, सहसचीव आकाश घर्ती र कोषाध्यक्ष शुनिल सापकोटा सहित ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । माओवादी केन्द्र प्यूठान नगर कमिटिको प्रथम सम्मेलनको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,जिल्ला संयोजक कृृष्ण अधिकारी (प्रकाश),लुम्विनी प्रदेश सचिवालय सदस्य एवं प्यूठान नगरपालिका इन्चार्ज कृष्ण घिमिरे ,केन्द्रीय लेखा आयोग सदस्य मदन बहादुर के.सी. ,प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति लगायतले सम्बोधन गरेका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

