News Portal

रेडियो सुन्नुहोस्

अव जग्गा वाँझो राख्नेलाई कारवाहीः मन्त्री पौडेल

मधुसुदन पोख्रेल२० आषाढ, प्यूठान
११८२ पटक
२० आषाढ, प्यूठान

प्रदेश नं ५ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाझो रहेका जग्गालाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ । त्यसका लागि जग्गा वाँझो राख्नेलाई कारवाही हुने निती वनाउने उहाँको भनाई रहयो।

वुधवार सहकारी हरुका लागि क्षमता विकास संस्थागत सुदृढिकरण (कोपोमिस) तालिमको उद्घाटन गर्दै पौडेलले नयाँ यान्त्रीकरण प्रयोग गरि व्यवस्थित खेति गर्नुपर्ने बताउनुभयो । कृषिलाई सम्मानित पेशा बनाई जिल्लालाई चिनाउनको लागि सहकारीको महत्वपूर्ण भूमिका भएको बताउदै उहाँले स्थानिय, प्रदेश र केन्द्रिय सरकारबाट किसानहरुको मर्म बुझि बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।

तालिम उद्घाटन सत्रको प्रमुख अतिथि समेत रहनुभएकी मन्त्री पौडेलले प्रदेश भित्र भएका १२ ओटा जिल्लालाई कुनै पनि क्षेत्रमा विभेद नगरी राज्यको दृष्टि नपुगेको ठाउँमा किसानलाई सहज हुने कृषि गर्न बातावरण मिलाउने बताउनुभयो । प्रदेश सरकारले कृषिलाई आधुनिकिरण गर्नका लागि प्युठानमा २ वटा स्मार्ट कृषि घरको अवधारणा अगाडी सारेको समेत उहाँले बताउनुभयो । साथै परिवेश अनुसार अध्ययन गरि कृषि विज्ञलाई किसानको खेतबारीमा ल्याउने व्यवस्था प्रदेश सरकारले स्थानीय सरकारलाई जिम्मा लगाउने समेत उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको दुग्ध प्रदार्थलाई बजारीकरण गर्नका लागि जिल्लामा दुध ट्याकंरको व्यवस्था प्रदेश सरकारले अघी सारेको उहाँले बताउनुभयो । त्यस्तै कृषि गरिरहेका तर जग्गा नभएका किसानहरुका लागि ठेक्कामा करार खेतिे गर्ने योजना समेत अगाडी सारेको बताउनुभयो ।

प्रदेश सरकार नयाँ संरचना अनुसार अगाडी वढेको उहाँले बताउनुभयो । उहाँले भन्न्ुाभयो,‘हामी नीति नियम बनाउनमै व्यस्त छौँ । ’ स्थानिय सरकार संग समन्वय गरि सहकारीको क्षेत्रमा योजना संगै बजेट छुट्टाएको उहाँले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रमका विषेश अतिथि राष्ट्रिय किसान आयोगका केन्द्रिय सदस्य रविन्द्र केसीले सहकारीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागिे तालिम सञ्चालन गरिएको बताउनुभयो । जिल्लालाई कुनै बस्तुमा आत्मनिर्भर बनाउनको लागि सहकारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । गाउँमा रहेका जग्गालाई बाझोँ राख्न नदिई सहज तरिकाले कृषियोग्य भूमि बनाउनमा जोड दिनुपर्ने बताउनुभयो । जिल्लामा सहकारी सञ्चालन गर्न सहज होस भन्ने उदेश्यले राष्ट्रिय सहकारी बैंक स्थापना गर्न लागेको समेत केन्द्रिय सदस्य केसीले बताउनुभयो ।

त्यस्तै प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले कृषि गर्ने किसानलाई सबै पक्षबाट सहयोग गर्ने बताउनुभयो । सूचना जस्ले बुझछ् त्यो किसान अगाडी वढने समेत उहाँले बताउनुभयो । जिल्ला कृषि सहकारी संघ प्युठानको आयोजना तथा कृषि सधार तथा सहकारी मन्त्रालय काठमान्डौको सहयोगमा तालिम २ दिन सम्म सञ्चालन हुने कृषि सहकारी संघका जिल्ला अध्यक्ष दिन बहादुर जिसीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...