News Portal

रेडियो सुन्नुहोस्

अनेरास्वियू (क्रान्तिकारी) प्यूठानको पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

एक महिना भित्रै सम्पूर्ण मावि स्तरमा इकाइ कमिटी गठन गर्ने योजना

 अनुज पछाई२०७८ मङ्सिर १८ प्यूठान
१०१० पटक
२०७८ मङ्सिर १८ प्यूठान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटि प्युठान को पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम शनिबार सहिद प्रतिष्ठान प्यूठानको सभाहल जुम्रिमा सम्पन्न भएको छ ।

बैठकमा पार्टी केन्द्रीय प्रतिनिधि एवम् प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, पार्टी प्रदेश सचिवालय सदस्य एवम् प्युठान जिल्ला संयोजक कृष्ण अधिकारी (प्रकाश), पार्टी प्रदेश कमिटि सदस्य एवम् प्युठान नगर इन्चार्ज कृष्ण घिमिरे(झपेन्द्र) ले विद्यार्थी संगठनलाई बैचारिक तथा सांगठनिक रुपमा सक्षम विद्यार्थी संगठन निर्माणका लागि प्रशिक्षणात्मक मन्तव्य दिएका हुन ।

बैठकमा विभिन्न प्रस्ताव माथी छलफल तथा निर्णय भएको थियो जस अन्तर्गत प्यूठान जिल्लामा रहेका ६५ माध्यमिक विद्यालय र ५ वटा क्याम्पसमा अनेरास्वियू क्रान्तिकारीको विद्यार्थी संगठन विस्तार गर्नको लागी प्यूठानका ९ वटै पालिकामा संयोजक तोकिएको छ जस अनतर्गत प्यूठान नगरपालिकामा अनुज पछाई, माण्डबी गाउपालिकामा आनन्द जिसी, स्वर्गद्धारी नगरपालिकामा शुशिला जिएम, नौबहिनी गाउपालिकामा बिजय केसी, झिमरुक गाउपालिकामा सागर एमसी, गौमुखि गाउपालिकामा सुन्दर केसी, मल्लरानी गाउपालिकामा अनुज पछाई, सरुमारानी गाउपालिकामा सुजाता थापा, ऐरावति गाउपालिकामा प्रदिप केसीलाई जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्वियू क्रान्तिकारीको विद्यालय इकाइ कमिटी गठन गर्ने गरि जिम्मेबारी तोकिएको छ ।

अनेरास्ववियु क्रान्तिकारी प्यूठानका अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय प्रतिनिधि एवम् प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी रहेका थिए । त्यस्तै विषेश अतिथिमा पार्टी प्रदेश सचिवालय सदस्य एवम् प्युठान जिल्ला संयोजक कृष्ण अधिकारी(प्रकाश) पार्टी प्रदेश कमिटि सदस्य एवम् प्युठान नगर इन्चार्ज कृष्ण घिमिरे(झपेन्द्र) विद्यार्थी फ्याक्सन इन्चार्ज एवम् प्युठान नगरकमिटि सचिव सुमनराज श्रेष्ठ लगायत अनेरास्वियु क्रानितकारीका पधादिकारी र अनेरास्वियू क्रान्तिकारी मुक्ति माबि रातामाटा इकाइ कमिटीका इन्चार्ज प्रशान्त पा्ख्रेल र अध्यक्ष सागर खडकाका लागायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालक सचिव आनन्द जिसीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...