News Portal

रेडियो सुन्नुहोस्

आएनन् थापा, राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा

झुलेनी नेटवर्क २०७८ मंसिर १९, काठमाडौँ
८०३ पटक
 २०७८ मंसिर १९, काठमाडौँ

राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित भएनन् । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

उनले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गरेका थिए । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाएका छन् ।

२०६१ सालदेखि लगातार अध्यक्ष रहेका थापा पछिल्लो महाधिवेशनमा लिङदेनबाट १९९ मतान्तरले पराजित भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार लिङदेनले १८१७ मत ल्याएका थिए भने थापा १६१८ मतमा सिमित भए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...