News Portal

रेडियो सुन्नुहोस्

यस्तो बन्यो ओलीको टीम : नामावलि सहित ग्राफिक्समा

झुलेनी नेटवर्क
११६८ पटक

चितवनको सौराहाबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर काठमाडौं फर्किएको नेकपा एमालेले नेपाली काँग्रेसको महाधिवेशनकै छेको पारेर भक्तपुरमा शनिबार आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो कमिटी बनाउनुका साथै १० प्रतिशत केन्द्रीय सदस्यहरुको मनोनयन समेत गरेको छ ।

एमाले बैठकले प्रदेश कमिटीका इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र सचिवहरु पनि तोकेको छ । करिब डेढ दर्जन विभागका प्रमुखहरु पनि तोकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । विभागका प्रमुख र प्रदेशका पदाधिकारी बाहेक अन्य जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरुको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ ।

नेकपा एमालेले पदाधिकारीहरुको बरियताक्रम समेत तोकेको छ । यसक्रममा एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई माओवादीबाट आएका रामबहादुर थापाभन्दा पछाडिको वरियतामा राखिएको छ । त्यसैगरी पहिल्यै सचिव भइसकेका सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलाई रघुवीर महासेठभन्दा तल्लो वरियतामा राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ‘शंकर पोखरेलले समग्र पार्टी हेर्ने’ जिम्मेवारी पाएका छन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान विभागको जिम्मा पाएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङ, आर्थिक विष्णु रिमाल र भीष्म अधिकारीले कार्यालय सचिवको जिम्मा पाएका छन् ।

नेकपा एमालेको बैठकले गरेको केपी ओलीको टीम –

राताेपाटीबाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...