News Portal

रेडियो सुन्नुहोस्

यस्तो बन्यो ओलीको टीम : नामावलि सहित ग्राफिक्समा

झुलेनी नेटवर्क
९६९ पटक

चितवनको सौराहाबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर काठमाडौं फर्किएको नेकपा एमालेले नेपाली काँग्रेसको महाधिवेशनकै छेको पारेर भक्तपुरमा शनिबार आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो कमिटी बनाउनुका साथै १० प्रतिशत केन्द्रीय सदस्यहरुको मनोनयन समेत गरेको छ ।

एमाले बैठकले प्रदेश कमिटीका इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र सचिवहरु पनि तोकेको छ । करिब डेढ दर्जन विभागका प्रमुखहरु पनि तोकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । विभागका प्रमुख र प्रदेशका पदाधिकारी बाहेक अन्य जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरुको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ ।

नेकपा एमालेले पदाधिकारीहरुको बरियताक्रम समेत तोकेको छ । यसक्रममा एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई माओवादीबाट आएका रामबहादुर थापाभन्दा पछाडिको वरियतामा राखिएको छ । त्यसैगरी पहिल्यै सचिव भइसकेका सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलाई रघुवीर महासेठभन्दा तल्लो वरियतामा राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ‘शंकर पोखरेलले समग्र पार्टी हेर्ने’ जिम्मेवारी पाएका छन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान विभागको जिम्मा पाएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङ, आर्थिक विष्णु रिमाल र भीष्म अधिकारीले कार्यालय सचिवको जिम्मा पाएका छन् ।

नेकपा एमालेको बैठकले गरेको केपी ओलीको टीम –

राताेपाटीबाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...