News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र : विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट

‘बाबुरामले भारतमा माओवादी शीर्ष नेता पक्राउ गराएपछि प्रचण्ड राजासँग नजिकएका थिए’

विराट अनुपम २०७८ पुष २, इटहरी
१०४२ पटक
२०७८ पुष २, इटहरी

अहिले बजारमा प्रचण्ड र केपी ओलीको ज्ञानेन्द्र फ्याक्टरको दोहोरी छ । ओलीले प्रचण्डको ज्ञानेन्द्रसँगको सम्बन्धको बारेमा पाँच बुँदे सहमति नै गरेर माघ १९ को उधुम मच्चिएको आरोप लाएका छन् । प्रचण्डले कडा भाषामा आपत्ति जनाएका छन् ।

यद्यपि, प्रचण्ड र ज्ञानेन्द्रको मित्रवत सम्बन्ध र शक्ति बाँडफाँटका बारेमा पूर्वमाओवादी नेतृ हिसिया यमीदेखि चरम माओवादी युद्धकालमा भारतीय विदेश मन्त्रालयको नेपाल तथा भुटान हेर्ने हाकिम हुँदै नेपालका लागि राजदूतसमेत रहिसकेका रन्जित रेको पुस्तकमा समेत चर्चा गरिएको छ ।

केपी ओलीको दाबीको तत्कालै सशक्त प्रतिकार गरेका प्रचण्डले हिसिला र रञ्जित रे को खुलासाबारे भने केही बोलेका छैनन् । बरु उनले रन्जित रे को पुस्तकले माओवादी आन्दोलनबारेका भ्रम चिरेको टिप्पणी गरेका थिए ।

प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको सहमति बारेमा विश्व चर्चित दस्तावेज विकिलिक्सले समेत सार्वजनिक गरेको थियो । अमेरिकाका गोप्य सूचनाहरू चुहाएर चर्चामा आएको विकिलिक्स्ले अमेरिकी गुप्तचरहरूले तयार गरेर राखेको गोप्य कूटनीतिक सूचनाहरूमा ज्ञानेन्द्र– प्रचण्ड सम्बन्ध बारेमा केही खुलासा गरेको थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै विकिलिक्सले प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँटको बारेमा जानकारी सार्वजनिक गरेको थियो । अहिले पनि उक्त सूचना विकिलिक्सको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको अमेरिकी रिपोर्ट विकिलिक्सले चुहाएको थियो ।

विकिलिक्सले राजा र माओवादी मिलेर अन्य दलहरुलाई तह लाउन प्रचण्डको प्रस्ताव भएको उल्लेख गरेको थियो । यस्तै तत्कालीन विद्रोही माओवादीका कमाण्डर प्रचण्ड राजा ज्ञानेन्द्रको प्रधानमन्त्री बन्न तयार भएको समेत विकिलिक्सले सार्वजनिक गरेको थियो ।

प्रचण्डले ज्ञानेन्द्रका सैनिक अधिकारीमार्फत ज्ञानेन्द्रसँग रोल्पामा भेट्न चाहेको विकिलिक्सले सार्वजनिक गरेको थियो । तर, ज्ञानेन्द्रले भने रुकुम वा म्याग्दीमा भेट्न प्रस्ताव गरेको अमेरिकी गुप्तचर दस्तावेज विकिलिक्स्ले सार्वजनिक गरेको थियो ।

 

नेपालप्रेस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...