News Portal

रेडियो सुन्नुहोस्

गुल्मीमा भिरबाट लडेर एक दम्पतिको मृत्यु

झुलेनी नेटवर्क२०७८ पुस ३, गुल्मी
४९९ पटक
२०७८ पुस ३, गुल्मी

गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मुसिकोट नगरपालीका वडानम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेको प्रहरी उपरीक्षक (एसपी) भट्टराईले बताए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव...

निर्माण व्यवसायी सङ्घ प्यूठानमा श्रेष्ठ निर्वाचित

निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...