News Portal

रेडियो सुन्नुहोस्

असारमा धान रोपाईको चटारो

सरद विष्ट २०७५ असार १५ गते प्रकाशित
१४४४ पटक
२०७५ असार १५ गते प्रकाशित

नेपाल कृषि प्रधान देश भएकोले यहाँ असार महिनाको निकै महत्व छ । ‘असार मानो खाई मुरी उमार्ने महिना हो ।’ असार मासिकक्रम अनुसार तेस्रो स्थानमा पर्दछ । असारको तद्भव शब्द आषाढ हो । नेपाली जनजीवनमा असार खेतीपातीको महत्वपूर्ण याम भएकोले पनि असारलाई वर्षायाम र खेतीपातीको उत्तम याम भनिएको हो ।

“सानो छ खेत सानै छ बारी सानै छ जहाँन

नगरी काम पुग्दैन खान साझँ र विहान ।

यी माथिका दुई हरफ कविताले पनि खेती पातिमा परिश्रमी हुनुपर्छ खेती पाती नै नगर्ने हो भने परिवारको छाक टार्न समेत धौ–धौ हुने भएकोले असारको महिनालाई विशेष महिनाको रुपमा हेर्नु गरिन्छ । असारभरि र साउनको झण्डै आधा महिना जति कृषकहरु आफ्नो परिश्रम, मेहनत खेती पातिमा नै बिताउने गर्दछन । त्यसैले असारको महिना अलि बढि मेहन, परिश्रम र थकानको महिना भनेर चिनिन्छ ।

कृषकहरु राष्ट्रका धरोहर हुन । कृषकहरुले कृषि पेशा अवलम्बन नगर्ने हो भने कृषि क्षेत्रमा ठुलो संकट पर्न सक्छ त्यसैले कृषक यस धर्तीका पूजारी पराक्रमी र वीर पनि हुन । नेपालमा कृषि पेशालाई सम्मानीत पेशाको रुपमा नहेरेपनि आम कृषकहरु आफ्नो दुःख, कष्ट भोगेर पसिना बगाएर र दश नङ्ग्रा खियाएर अरुका निम्ती गाँस, बास र कपास जुटाउन हर्दम तयार रहन्छन ।

असार महिना रोपाई गर्ने महिना मात्र होइन । यो महिनालाई विविधताको महिना पनि भनिन्छ । यही असार महिनाको मनसुनलाई आकलन गरेर वर्ष सुखद् वा दुखद् रहने भन्ने कुरा अनुमान गर्न सकिन्छ । असार भरि राम्रो सँग वर्षात भएमा खेती पाती राम्रो हुने, रोगव्याधी नआउने र खडेरीको समस्या टर्ने बताइन्छ । अझ यस महिनाका १५ गतेलाई विशेष चाडको रुपमा मनाइन्छ । दही – चिउरा र केरा लाई विशेष परिकारको रुपमा लिई खाने गरिन्छ । सुन्दर प्रकृति, सिमसिमे पानीको वर्षात र अरुवेला नफूलेर यही महिनामा मात्र फूल्ने असारे फूलको विरुवाले असार महिनको विशेष चिनारी झल्काउँछन । अरु समयमा नघन्किने असारे गीतका भाका यही समयमा हरेक गरिखाने किसानका ओठहरुवाट वुल्नद हुने गर्दछ । अतः असार , धार्मिक साँस्कृतिक, कृषि र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

धान राेप्दै स्वर्गद्वारी नगरपालिका ३ वाटुलेका कृषकहरु तस्वीर : गन बहादुर पेस्ताेल

परापूर्वककालमा असार १५ गतेका दिन रोपाइकैै क्रममा त्यसवेलाका तात्कालिन राजा रानीले पनि हिलो कुल्चिएर रोपाँई कार्यक्रममा संलग्न भएकोे र रोपाँई सकिएपछि किसानहरु संगै वसेर दही–चिउरा खाएको किम्वदन्ती सँग पनि असार महिनाको इतिहास जोडिएका छ । महिनाभरि हिलो माटो सँग खेलने र खेती पातीमा नै व्यस्त रहने भएकाले शरीरमा थकान, विरामी र छाला सम्बन्धी विभिन्न रोगहरु लाग्ने गर्दछ । मानिसहरलाई त्यतिवेला असार १५ मा दहीको प्रयोग गर्नुको वैज्ञानीक कारण थाहा नभएपनि आयुर्वेदका विज्ञहरुले दहीलाई कब्जियतवाट मुक्त राखी पेटलाई सफा पार्ने, शरीरमा शीतलताको सञ्चार गराउने, तागत प्रदान गर्ने, छालालाई नरम बनाउने आदी अति उत्तम गुणहरु रहेको बताउँछन । फलस्वरुप रोपाँईको क्रममा शारिरिक, मानसिक स्वास्थ्यका लागि हलि र रोपाराहरुले दहीको प्रयोग गर्ने प्रचलन विकसित हुँदै आएको मान्न सकिन्छ । चिउराले भोक खटाउने र दिनभर खेती पातीमा काम गर्न सहज हुने पौराणिक मान्यता पनि छ ।
हिजो आज असार महिना र असार पन्ध्रलाई विकृती तिर ढल्काइएको देख्न सकिन्छ । खेतीपातीमा आधुनीकरण, कृषकहरुलाई वैज्ञानिक र प्राविधिक ज्ञान भन्दा पनि हाम्रो संस्कार संकृतिलाई सिध्याउने र पश्चिमिकरण गर्ने कामहरु हालसालैको असार पन्धका सामाजिक सञ्जालमा चर्चाका लागि पोष्ट गरिएका विकृत तस्वीरले घाम झै छर्लङ्ग पार्दछ । हामी कृषि प्रधान देशका कृषकहरु हौं । सरोवकारवाला निकायका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले नै गमलामा धान रोपेर असार पन्ध्रको खिल्ली उढाएको पाइन्छ । सबन्धित निकाय र सरकार पनि सजग हुनुपर्दछ, हुनेवेला आएको छ । वर्षमा ३ सय ६४ दिन कार्यालयमा बसेर असार पन्ध्रमा नाटकिय शैलिमा एक दिन मात्र कृषकको खेतमा हिला झ्यालेर कृषि क्रान्ति हुनेवाला छैन भन्ने कुरामा स्पष्ट हुनुपर्याे । असार पन्ध्रमा मन्त्रिले खेत रोप्दैमा उत्पादन बढ्ने हैन । यदि मन्त्री ज्यू र सरकारी प्रतिनिधि ज्यूहरु साँच्चिकै कृष क्षेत्रलाई देश विकासको मेरुदण्ड बनाएर लैजाने हो भने विकसित देशका कृषकहरु जस्तै यहाँका कृषकहरुलाई पनि बनाउने कार्यक्रम ल्याउनुस, नेपालीमा अझै ९५ प्रतिशत क्षेत्र एवम् भूभागमा परम्परागत कृषि प्रणालीवाट खेतीपाती गरिदै आएको छ । अव परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दे कृषि उत्पादनको आधुनीक यूगमा प्रस्थान गर्ने कृषि कार्यक्रम जनताको वीचमा ल्याइदिनुस् अनि मात्र देशमा कृषि क्रान्ति हुने छ ।

८० प्रतिशत नेपालीहरु कृषि पेशामा लागिरहदाँ पनि देशमा खाद्यान्न अभाव हुन्छ र विदेशवाट आयात गर्नुपर्छ यो आखिर किन भयो सरकारले पत्ता लगाउनुपर्देन ? लगाउनुपर्छ र किसानका हरेक समस्यालाई हल गनुपर्छ अनि मात्र देशमा आर्थिक समृद्धि आउँछ । अवको पालो आर्थिक समृद्धि भनेर भन्नुस् हैन भने कृषि क्रान्ति विनाको आर्थिक समृद्धि पांग्रा विनाको रथ जस्तै हुन्छ । नेपालमा जव सम्म कृषिमा कृषकहरुको लागि विशेष कायक्र्रक्रम आउँदैन तव सम्म नेपालका कृषकहरुले ६ महिना पनि खान नपुग्ने रोपाँइको चटारो भइरहने छ । (लेखक माडीखवर साप्ताहिक पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ )

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...