News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएकाहरुलाई नि:शुल्क ह्विलचियर वितरण

सागर रिजालप्युठान,२२ असार
१२४० पटक
प्युठान,२२ असार

ह्विलचियर आवश्यकता भएका जिल्लाका विभिन्न ठाउँका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । २३ जना व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि ह्विलचियर वितरण गरिएको हो ।

राष्ट्रिय अपांग पुर्नस्थापना केन्द्र काठमाण्डौंको सहयोगमा आठ लाख ५० हजार रुपिँया बरावरको ह्विलचियर वितरण गरिएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । नापजाँज गरेर ह्विलचियर ल्याइएको हो, उहाँले भन्नुभयो,‘नापजाँच गरिएकाले प्रयोग गर्दा असजिलो हुँदैन ।’ पुर्नस्थापना केन्द्रका ह्लिचियर वितरण कार्यक्रम निर्देशक सुगम भट्टराईले हालसम्म ६० जिल्लामा ह्विलचियर वितरण गरिसकेको जानकारी दिनुभयो ।

दातृ निकायको सहयोगमा करिव १३ हजार ह्विलचियर वितरण गरिएको उहाँको भनाई छ । एक पटक दिईएको ह्विलचियरलाई ३ वर्ष सम्म जोगाएर हिडल्नका लागि पनि आग्रह गर्नुभयो । दुई वर्ष अघिको तथ्यांक अनुसार जिल्लामा छ हजार अपांगता भएका व्यक्ति रहेका छन् ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले स्थानीय सरकार बनिसकेपछि जिल्लामा अपांगमैत्री संरचना निर्माण हुन थालेको बताउनुभयो । उहाँले भौगोलिक कठिनाइले गर्द अझै पनि धेरै ठाउँमा ह्विलचियर प्रयोग गर्न समस्या रहेको बताउनुभयो ।

हिड्न अफ्ठेरो भएका अंपाग व्यक्तिलाई ह्लिचियरले केहि राहत प्रदान गर्ने प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले बताउनुभयो । यसलाई सदुपयोग, स्याहार संहार गर्न अंपाग व्यक्तिका परिवारलाई आग्रह गर्नुभयो ।

प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले नगरपालिकाले अंपागता भएका व्यक्तिलाई सहयोग गर्दै आएको बताउनुभयो । नगरपालिकाले आफ्नो नगरभित्र रहेका बास्तविक अंपागता भएका व्यक्तिहरुको तंथाक संकलन गर्ने कार्यलाई अगाडी वढाएको समेत उहाँले जानकारी दिनुभयो ।

ह्लिचियर वितरण गर्नका लागि प्युठान नगरपालिकाले रु ५० हजार सहयोग गरेको उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...