News Portal

रेडियो सुन्नुहोस्

विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहकाे पक्षमा व्यापक बहस

राजेन्द्र रावत छेत्री २०७८ पुस १२
९९६ पटक
२०७८ पुस १२

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारा सहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएकाे छ । जिल्ला तहमा दलाल संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहकाे विषयमा व्यापक बहस सुरु भएको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिकाे निर्णय अनुसार “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह” भन्ने मुल नाराका साथ विध्यार्थी जागरण अभियान देशभर संचालन भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा , प्यूठान इन्चार्ज एवम् अभियानका कमाण्डर केशव कवर ( प्रदिप) ले जानकारी दिएका छन् । अभियानकाे क्रममा जिल्लाका सबै क्याम्पस र केही मुख्य मा. वि. हरुमा शिक्षक तथा विध्यार्थी हरु बिच अभियानकाे विषयमा अन्तरक्रिया र मुल इकाई कमिटी निर्माण गरिएको अभियानका कमाण्डर कवर ले बताए । उनले भने ” अहिले देसमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न र वैज्ञानिक, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्न क्रान्तिकारी जुझारु युवा विद्यार्थीहरुको सचेत पहलको अपरिहार्य आवश्यकता रहेको छ ।” अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहको विषयमा युवा विद्यार्थीहरुले गाउँगाउँमा बस्ती तथा हरेक समुदाय स्तरमा बहस छेड्नुपर्ने उनले बताए ।
अभियानकाे क्रममा अाज सम्म जिल्लाकाे मुक्ति मा. वि. रातामाटा, अमर क्याम्पस वाजिपुर , अमर मा. वि. भिङ्ग्री, माण्डवी मा. वि. नयाँगाउ, गाैमुखी क्याम्पस मच्छि, बाल शिक्षा मा. वि. मच्छि, क्षेत्र बिकास मा. वि. पुण्यखाेला, त्यस्तै प्युठान क्याम्पस खलंगा , महेन्द्र मा. वि. खलंगा लगायतका दर्जनौं क्याम्पस तथा मा. वि. हरुमा कार्यक्रम सम्पन्न गर्दै मुल इकाई कमिटी निर्माण भैसकेकाे अखिल क्रान्तिकारी प्युठानका अध्यक्ष गगन गिरी ले बताए । अभियानमा जिल्ला पार्टीको पनि सहयोग रहेकाे ने क पा प्युठानका सेक्रेटेरी अजय ले जानकारी दिए । उनले नेपालमा शिक्षा २ प्रकारको रहेकाले हुनेखानेहरुको शिक्षा र हुँदाखानेहरुको शिक्षाको बिचकाे खाडल मेटाउदै शिक्षामा आमूल परिवर्तन अावश्यक रहेकाे बताए । शिक्षा भनेकाे राज्यको दायित्व र जनताकाे अधिकार भएको उनले बताए ।
अभियानमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा, प्यूठान इन्चार्ज केशव कवर ( प्रदिप) काे कमाण्डमा संगठनका राेल्पा जिल्ला उपाध्यक्ष सिस्कुमार , दाङका काेषाध्यक्ष चुुडामणी , र बाँकेका सचिवालय सदस्य कर्मा बहादुर बाेहरा सहितकाे टाेली खटिएको प्युठान का अध्यक्ष गगन गिरीले जानकारी दिए । अभियान प्युठानमा सकिएपछि लगत्तै अर्घाखाँची , गुल्मी , हुदै पाल्पा सम्म पुग्ने अभियान टिम कमाण्डर केशव कवरले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...