News Portal

रेडियो सुन्नुहोस्

विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहकाे पक्षमा व्यापक बहस

राजेन्द्र रावत छेत्री २०७८ पुस १२
१३४६ पटक
२०७८ पुस १२

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारा सहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएकाे छ । जिल्ला तहमा दलाल संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहकाे विषयमा व्यापक बहस सुरु भएको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिकाे निर्णय अनुसार “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह” भन्ने मुल नाराका साथ विध्यार्थी जागरण अभियान देशभर संचालन भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा , प्यूठान इन्चार्ज एवम् अभियानका कमाण्डर केशव कवर ( प्रदिप) ले जानकारी दिएका छन् । अभियानकाे क्रममा जिल्लाका सबै क्याम्पस र केही मुख्य मा. वि. हरुमा शिक्षक तथा विध्यार्थी हरु बिच अभियानकाे विषयमा अन्तरक्रिया र मुल इकाई कमिटी निर्माण गरिएको अभियानका कमाण्डर कवर ले बताए । उनले भने ” अहिले देसमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न र वैज्ञानिक, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रणाली लागू गर्न क्रान्तिकारी जुझारु युवा विद्यार्थीहरुको सचेत पहलको अपरिहार्य आवश्यकता रहेको छ ।” अब नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रहको विषयमा युवा विद्यार्थीहरुले गाउँगाउँमा बस्ती तथा हरेक समुदाय स्तरमा बहस छेड्नुपर्ने उनले बताए ।
अभियानकाे क्रममा अाज सम्म जिल्लाकाे मुक्ति मा. वि. रातामाटा, अमर क्याम्पस वाजिपुर , अमर मा. वि. भिङ्ग्री, माण्डवी मा. वि. नयाँगाउ, गाैमुखी क्याम्पस मच्छि, बाल शिक्षा मा. वि. मच्छि, क्षेत्र बिकास मा. वि. पुण्यखाेला, त्यस्तै प्युठान क्याम्पस खलंगा , महेन्द्र मा. वि. खलंगा लगायतका दर्जनौं क्याम्पस तथा मा. वि. हरुमा कार्यक्रम सम्पन्न गर्दै मुल इकाई कमिटी निर्माण भैसकेकाे अखिल क्रान्तिकारी प्युठानका अध्यक्ष गगन गिरी ले बताए । अभियानमा जिल्ला पार्टीको पनि सहयोग रहेकाे ने क पा प्युठानका सेक्रेटेरी अजय ले जानकारी दिए । उनले नेपालमा शिक्षा २ प्रकारको रहेकाले हुनेखानेहरुको शिक्षा र हुँदाखानेहरुको शिक्षाको बिचकाे खाडल मेटाउदै शिक्षामा आमूल परिवर्तन अावश्यक रहेकाे बताए । शिक्षा भनेकाे राज्यको दायित्व र जनताकाे अधिकार भएको उनले बताए ।
अभियानमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा राेल्पा, प्यूठान इन्चार्ज केशव कवर ( प्रदिप) काे कमाण्डमा संगठनका राेल्पा जिल्ला उपाध्यक्ष सिस्कुमार , दाङका काेषाध्यक्ष चुुडामणी , र बाँकेका सचिवालय सदस्य कर्मा बहादुर बाेहरा सहितकाे टाेली खटिएको प्युठान का अध्यक्ष गगन गिरीले जानकारी दिए । अभियान प्युठानमा सकिएपछि लगत्तै अर्घाखाँची , गुल्मी , हुदै पाल्पा सम्म पुग्ने अभियान टिम कमाण्डर केशव कवरले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...