News Portal

रेडियो सुन्नुहोस्

बाख्रा उपहारले महिलाहरूमा ल्यायो खुसी

 प्युठानको बेसीगाउँ बाख्रापालन तर्फ आकर्षित

ओमप्रकाश गुप्ता२०७८ पुस १४ प्युठान
८७२ पटक
२०७८ पुस १४ प्युठान

प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका स्थानीय महिलाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् ।

मगर समुदायको बाक्लो बस्ती रहेको सो गाउँका महिला दिदीबहिनीहरुले बाख्रा पालेर आफ्नो जिवन निर्वाह गरिहेका छन् । जिल्लाको बिकट गाउँ मानिने बेसीगाउँका अधिकाशंको घरमा बाख्रा पालन गरेको देखिन्छ ।

त्यहाँ एक आपसमा बोल्दा मगर खाम भाषामै बोल्ने गरिन्छ । कालिमाटी महिला समुहमा आवद्ध महिलाहरु पछिल्लो समय बाख्रा पालन गर्दै आएका छन् । गाई बाख्रा पाल्ने, खेतीपाती गर्ने त्यहाँको मुख्य पेशा हो । रोजगारीका लागि कोही तेस्रो मुलुक पुगेका छन त कोही भारत र कोही नेपालका बिभिन्न शहरमा पुगेका छन् । तर महिला दिदी बहिनीहरुले भने बाख्रा पालेर घर व्यवहार चलाई रहेका छन् ।

श्रीमानको हात थाप्न परेको छैन । महिलाहरुले केहि गर्न सक्दैनन भन्नेहरुलाई एउटा गतिलो उदाहरण समेत बनेको छ । किसानको आयस्तर बढाउन सरूमारानी गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामिण विकास समाज नेपालको साझेदारीमा सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका निम्न आयस्तर भएका २५ जना महिला किसानलाई निशुल्क बोका र बाख्रा उपहार स्वरुप वितरण गरिएकोे छ ।

सरुमारानी गाउँपालिकाले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संचालन गरेको छ । निम्न आयस्तर भएका किसानको जीवनयापनमा सजिलो होस् भनेर स्थानीय पालिकाले ती साझेदार संस्थाले सहकार्य गरेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँ कालिमाटी महिला समुहका २५ जना महिला किसानलाई दुई लाख तिस हजार मुल्य बराबरको २५ वटा बाख्रा र एउटा बोका उपहार प्रदान गरेको हेफर प्रोजेक्ट नेपालका अधिकृत जगत चौधरीले बताए ।

ग्रामिण विकास समाज नेपालका अध्यक्ष यमराज खनालको अध्यक्षता एवम् सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष चिन्ताबहादुर सोमै मगर लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन ग्रामिण विकास समाज नेपालका कार्यक्रम संयोजक बेदुराज शर्माले गरेका थिए । यसभन्दा अगाडि तालपानी र दाङसिङ्ग मांद्रे कृषक महिला समुहलाई सोहि मुल्य बराबरको २५ वटा बाख्रा र एउटा बोका वितरण गरिएको अधिकृत चौधरीले जानकारी दिनु भएको छ ।

बाख्रा वितरणको लागी सरुमारानी गाउँपालिकाले एक करोड ५० लाख र हेफर प्रोजेक्ट नेपालले ५५ लाख बजेट विनियोजन गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...