News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको अध्यक्षमा बिजयविराज विष्ट विजयि

झुलेनी नेटवर्क२०७८ पुष २६, प्यूठान
१५७५ पटक
२०७८ पुष २६, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा बिजयविराज विष्ट निर्वाचित भएका छन । नवौ अधिवेशनबाट निर्वाचित विष्टले ३ सय १४ मत लिएर बिजयी भएका हुन । विष्टका प्रत्यासि नेहरसिंह के.सि.ले १ सय ७६ मत पाउँदा विष्टले १ सय ३८ मत अन्तरले बिजयी बनेका हुन ।

उपाध्यक्षमा मुक्ति पाेख्रेलले १ सय ७६ मत ल्याउँदा उनका प्रत्यासि झक बहादुर बि क १ सय १९ मतान्तरले निर्वाचित भएका हुन् । बिकले २ सय ९५ मत ल्याएका छन । सचिव पदमा  नेगन कुवर १ सय ८६ मतले पराजित बन्न पुगे । कवरको प्रतिष्पर्धामा रही बिजयी भएका माधब शर्माले २ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन ।

उप सचिवमा दिपा घर्तीले ३ सय ८४ मत ल्याएर बिजयी भइन भने श्रीधर राेकाले ३ सय ७२ मत पाउँदै निर्वाचित भएका हुन् । रोकासँग प्रतिष्पर्धामा रहेका बिनाेद ‌ओलीले १ सय ७१ मत ल्याउँदै पछी परेका हुन् ।

खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २ सय ७९ र पुर्ख सिंह सुनारले १ सय ७६ मत ल्याएर बिजयी भएका छन। निकटम प्रतिद्वन्द्वी गिर बहादुर सुनारले जम्मा ९२, निम बहादुर सुनार ९०, गन बहादुर विश्वकर्माले ८४, जेद बहादुर सुनारले ५२ र धर्म सिह विकले ८९ मत  सहित पराजित भएका छन ।

जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटीमा ९० जना निर्वाचित हुने प्रावधान छ भने अन्य मनोनित र पदेन सदस्य रहने ब्यवस्था छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...