News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको अध्यक्षमा बिजयविराज विष्ट विजयि

झुलेनी नेटवर्क२०७८ पुष २६, प्यूठान
१३८३ पटक
२०७८ पुष २६, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा बिजयविराज विष्ट निर्वाचित भएका छन । नवौ अधिवेशनबाट निर्वाचित विष्टले ३ सय १४ मत लिएर बिजयी भएका हुन । विष्टका प्रत्यासि नेहरसिंह के.सि.ले १ सय ७६ मत पाउँदा विष्टले १ सय ३८ मत अन्तरले बिजयी बनेका हुन ।

उपाध्यक्षमा मुक्ति पाेख्रेलले १ सय ७६ मत ल्याउँदा उनका प्रत्यासि झक बहादुर बि क १ सय १९ मतान्तरले निर्वाचित भएका हुन् । बिकले २ सय ९५ मत ल्याएका छन । सचिव पदमा  नेगन कुवर १ सय ८६ मतले पराजित बन्न पुगे । कवरको प्रतिष्पर्धामा रही बिजयी भएका माधब शर्माले २ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन ।

उप सचिवमा दिपा घर्तीले ३ सय ८४ मत ल्याएर बिजयी भइन भने श्रीधर राेकाले ३ सय ७२ मत पाउँदै निर्वाचित भएका हुन् । रोकासँग प्रतिष्पर्धामा रहेका बिनाेद ‌ओलीले १ सय ७१ मत ल्याउँदै पछी परेका हुन् ।

खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २ सय ७९ र पुर्ख सिंह सुनारले १ सय ७६ मत ल्याएर बिजयी भएका छन। निकटम प्रतिद्वन्द्वी गिर बहादुर सुनारले जम्मा ९२, निम बहादुर सुनार ९०, गन बहादुर विश्वकर्माले ८४, जेद बहादुर सुनारले ५२ र धर्म सिह विकले ८९ मत  सहित पराजित भएका छन ।

जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटीमा ९० जना निर्वाचित हुने प्रावधान छ भने अन्य मनोनित र पदेन सदस्य रहने ब्यवस्था छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...