News Portal

रेडियो सुन्नुहोस्

१० किलो चरेससहित एक महिला पक्राउ

झुलेनी नेटवर्क२९ पुस, वीरगञ्ज
६०६ पटक
२९ पुस, वीरगञ्ज

वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् ।

प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच गर्दा उनको साथबाट १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

उनको ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र ज्याकेटको दुबै तर्फको खल्तीबाट चरेशको प्याकेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...