News Portal

रेडियो सुन्नुहोस्

पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता

झुलेनी नेटवर्क२९ पुस, धादिङ
५९१ पटक
२९ पुस, धादिङ

रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरुनजिकै पहिरोमा परी स्काभेटरसहित तीनजना बेपत्ता भएका छन् ।

आज बिहान पहिरो खसेर पुरिँदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा स्काभेटरसहित उनीहरू पुरिएको उनको भनाइ छ । सदरमुकाम धादिङबेँसीबाट दुई दिनको पैदल दूरीमापर्ने सो क्षेत्रमा सडक खन्ने काम भइरहेको थियो ।

पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षक र गाउँपालिकाका अध्यक्षसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । खराब मौसम र सुख्खा पहिरोका कारण उद्धारमा कठिनाइ भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए ।

onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...