News Portal

रेडियो सुन्नुहोस्

किसानका बारीमा कृषि अधिकृत

तेजेन्द्र बि. एम.२०७८ माघ ५
२२३० पटक
२०७८ माघ ५

किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न कृषि फर्महरुमा पुगेर फर्म अनुगमन तथा अवलोकन गरिएको हो ।

व्यवसायीक रुपमा टमाटर र आलु खेति गरिरहेका कृषकहरुको बारीमै पुगेर अवलोकन गरिएको हो । विशेष गरि डडुवा रोगबाट समस्या झेलिरहेका किसानका बारीमा पुगेर उनिहरुलाई रोगको नियन्त्रणका लागि ढुसी नासक विषादी समेत वितरण गरिएको थियो ।

गिरीले किसानका बारीमा नपुगे उनिहरुका समस्या स्पष्ट रुपमा जानकारी पाउन नसकिने भएकाले बारीमै पुग्नुपरेको बताए । उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उतपादनमा जोड दिनुपर्नेमा स्थानीय निकाय र सरोकारवाला सबैको ध्यान जानुपर्ने समेत बताएका छन् ।

किसानका लागि आवश्यक प्राविधिक, उत्पादन सामग्रीको व्यवस्था, बाली उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरण गर्न आवश्यक पूर्वाधार समेतमा परियोजना इकाई, प्यूठानको तर्पmबाट आफुहरुले भुमिका खेलिरहेको बताएका छन् । ‘यसका लागि सबै किसानहरुको एउटै आवाज हुन पनि जरुरी छ, स्थानीय तहहरुले पनि यस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ,’ उनले भने ।

परियोजना इकाई प्यूठानका ना.प्रा.स. विपिन खड्का, प्यूठान नगरपालिका ८ नं. वडाका कृषि प्राविधिक श्रीधरा पण्डितले समेत फर्महरुको अवलोकन तथा अनुगमन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...