News Portal

रेडियो सुन्नुहोस्

किसानका बारीमा कृषि अधिकृत

तेजेन्द्र बि. एम.२०७८ माघ ५
२०८४ पटक
२०७८ माघ ५

किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न कृषि फर्महरुमा पुगेर फर्म अनुगमन तथा अवलोकन गरिएको हो ।

व्यवसायीक रुपमा टमाटर र आलु खेति गरिरहेका कृषकहरुको बारीमै पुगेर अवलोकन गरिएको हो । विशेष गरि डडुवा रोगबाट समस्या झेलिरहेका किसानका बारीमा पुगेर उनिहरुलाई रोगको नियन्त्रणका लागि ढुसी नासक विषादी समेत वितरण गरिएको थियो ।

गिरीले किसानका बारीमा नपुगे उनिहरुका समस्या स्पष्ट रुपमा जानकारी पाउन नसकिने भएकाले बारीमै पुग्नुपरेको बताए । उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उतपादनमा जोड दिनुपर्नेमा स्थानीय निकाय र सरोकारवाला सबैको ध्यान जानुपर्ने समेत बताएका छन् ।

किसानका लागि आवश्यक प्राविधिक, उत्पादन सामग्रीको व्यवस्था, बाली उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरण गर्न आवश्यक पूर्वाधार समेतमा परियोजना इकाई, प्यूठानको तर्पmबाट आफुहरुले भुमिका खेलिरहेको बताएका छन् । ‘यसका लागि सबै किसानहरुको एउटै आवाज हुन पनि जरुरी छ, स्थानीय तहहरुले पनि यस्ता कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ,’ उनले भने ।

परियोजना इकाई प्यूठानका ना.प्रा.स. विपिन खड्का, प्यूठान नगरपालिका ८ नं. वडाका कृषि प्राविधिक श्रीधरा पण्डितले समेत फर्महरुको अवलोकन तथा अनुगमन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...