News Portal

रेडियो सुन्नुहोस्

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने : राष्ट्रिय परीक्षा बोर्ड

झुलेनी नेटवर्क९ माघ, काठमाडौं
१००६ पटक
९ माघ, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ ।

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौं ।’

कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।

कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए । उनले भने, ‘अहिलेको समयलाई हेरेर परीक्षा गर्नसक्ने सबै परिस्थितिलाई आंकलन गरेर हामीले कसरी कुन मोडालिटीबाट गर्ने भन्ने कुराहरु अलि पछि गर्छौं ।’

यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।

एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी

बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताए । ‘संविधानको मर्म अनुसार परीक्षाको व्यवस्थापन हुनपर्छ । अब हुने परीक्षाहरू त्यहीअनुसार व्यवस्था हुनुपर्छ भन्ने लाइनबाट धेरै कुराहरू भएका छन् ।’ उनले भने, ‘प्रदेशलाई व्यवथापकीय पक्षमा कसरी धेरै संलग्नता गराउने भन्ने छलफल भइरहेको छ । यही वर्षदेखि प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौं ।’

बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।

 

onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...