News Portal

रेडियो सुन्नुहोस्

समुदायमा फैलिदै भाइरसको नयाँ भेरियन्ट : नियन्त्रणको पूर्व तयारी छैन

एलबी थापा२०७८ माघ ११
५८९ पटक
२०७८ माघ ११

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ ।

पुस २५ गते नयाँ १ जनामा संक्रमण पुष्टि भएकोमा २ हप्तामै माघ १० गतेसम्म सक्रिय संक्रमित २ सय २७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार पुस २६ पछि संक्रमितको संख्यामा दिनप्रतिदिन बृद्धि हुँदै गएको हो ।

बिभिन्न हेल्थ डेस्कमा परीक्षण गर्दा पुस २९ गते ७ जना, ३० गते ११ जना, माघ ३ गते ३४ जना, माघ ४ गते २७ जना, माघ ५ गते ३० जना, माघ ६ गते ४१ जना, माघ ८ गते ४१ जना, माघ ९ गते २५ जना र माघ १० गते ३२ जना संक्रमित भेटिएका हुन ।

जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा जाँच गरीएको पीसीआर र एन्टिजेन परीक्षणको आधारमा जिल्लाभर हालसम्म ४ हजार २ सय १८ जनामा नियन्त्रणको पूर्व तयारी छैन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका कोभिड फोकल पर्सन पुस्कल प्रसाद श्रेष्ठले जानकारी दिए ।

दैनिक वृद्धि भइरहेको कोरोना संक्रमितको तथ्याङ्क केलाउँदा यो भेरियन्ट देशभर फैलिइरहँदा प्यूठानको गाउँबस्तीसम्म फैलिदै गएको पुष्टी भएको श्रेष्ठले बताए । समुदायस्तरमै ओमिक्रोन फैलिइसकेका कारण थप जीन (सिक्वेन्सिङको) आवश्यकता नरहेको इपिओडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताए ।

ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै फरक रहेकाले यो भेरियन्टले एक जना संक्रमितबाट १२ जनासम्मलाई संक्रमित बनाउने क्षमता राख्ने खड्काले जानकारी दिए । ‘प्यूठानमा संक्रमणको दर ह्वात्तै बढ्न थालेको छ’, खड्काले भने, ‘घरघरमा बिरामी भेटिदै छन्।’ अहिलेको जस्तै संक्रमण दर बढ्दै जाने हो भने केही दिनमै संक्रमितको संख्या ‘पिक’ मा पुग्न सक्ने प्रमुख खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...