News Portal

रेडियो सुन्नुहोस्

समुदायमा फैलिदै भाइरसको नयाँ भेरियन्ट : नियन्त्रणको पूर्व तयारी छैन

एलबी थापा२०७८ माघ ११
८३१ पटक
२०७८ माघ ११

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ ।

पुस २५ गते नयाँ १ जनामा संक्रमण पुष्टि भएकोमा २ हप्तामै माघ १० गतेसम्म सक्रिय संक्रमित २ सय २७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार पुस २६ पछि संक्रमितको संख्यामा दिनप्रतिदिन बृद्धि हुँदै गएको हो ।

बिभिन्न हेल्थ डेस्कमा परीक्षण गर्दा पुस २९ गते ७ जना, ३० गते ११ जना, माघ ३ गते ३४ जना, माघ ४ गते २७ जना, माघ ५ गते ३० जना, माघ ६ गते ४१ जना, माघ ८ गते ४१ जना, माघ ९ गते २५ जना र माघ १० गते ३२ जना संक्रमित भेटिएका हुन ।

जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा जाँच गरीएको पीसीआर र एन्टिजेन परीक्षणको आधारमा जिल्लाभर हालसम्म ४ हजार २ सय १८ जनामा नियन्त्रणको पूर्व तयारी छैन संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका कोभिड फोकल पर्सन पुस्कल प्रसाद श्रेष्ठले जानकारी दिए ।

दैनिक वृद्धि भइरहेको कोरोना संक्रमितको तथ्याङ्क केलाउँदा यो भेरियन्ट देशभर फैलिइरहँदा प्यूठानको गाउँबस्तीसम्म फैलिदै गएको पुष्टी भएको श्रेष्ठले बताए । समुदायस्तरमै ओमिक्रोन फैलिइसकेका कारण थप जीन (सिक्वेन्सिङको) आवश्यकता नरहेको इपिओडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताए ।

ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै फरक रहेकाले यो भेरियन्टले एक जना संक्रमितबाट १२ जनासम्मलाई संक्रमित बनाउने क्षमता राख्ने खड्काले जानकारी दिए । ‘प्यूठानमा संक्रमणको दर ह्वात्तै बढ्न थालेको छ’, खड्काले भने, ‘घरघरमा बिरामी भेटिदै छन्।’ अहिलेको जस्तै संक्रमण दर बढ्दै जाने हो भने केही दिनमै संक्रमितको संख्या ‘पिक’ मा पुग्न सक्ने प्रमुख खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...