जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार सेवा लागेको जनाएको हो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको र कर्मचारीहरुमा कोरोना संक्रमण भइ उपचाररत रहेको जानकारी गराउँदै प्रशासनले यस्तो सुचना जारी गरेको हो । जारी सुचना अनुसार राष्ट्रिय परिचय पत्र बाहेक नागरिकता, राहदानी लगायत प्रशासन कार्यालयबाट प्रदान गरीने अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित तपसिल अनुसार सेवा दिन लागेको हो ।
जस अनुसार आइतवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, सोमवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, मंगलवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिका, बुधवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, बिहिवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, शुक्रवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकावासीहरुलाई सेवा दिने भएको हो ।
इलाका प्रशासन कार्यालय जस्पुरको कार्यक्षेत्रमा रहेका स्थानीय तहका सेवाग्राहीलाई कार्यालय खुलेको सबै दिनहरुमा सेवा प्रदान हुने बताइएको छ । सेवा लिन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।