News Portal

रेडियो सुन्नुहोस्

पीसीआर ल्याब ८ महिनादेखि ठप्प : कपिलवस्तु 

मनोज पौडेलमाघ १४, २०७८
७८१ पटक
माघ १४, २०७८

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो ।
जिल्लामा सक्रिय संक्रमित ५ सय पुग्न लागेका छन् । तर प्रयोगशाला रहेको भवनको गेट र ढोकामा ताल्चा झुन्डिएको छ ।

ल्याब सञ्चालनका लागि संघीय सांसदद्वय बृजेशकुमार गुप्ताले १ करोड ४९ लाख र चक्रपाणि खनालले २८ लाख रुपैयाँ सहयोग गरेका थिए । जिल्ला कोरोनाको हटस्पट बनेका बेला त्यसको न्यूनीकरणका लागि सांसदले विकास बजेटबाटै मेसिन सञ्चालनका लागि रकम दिएका हुन् ।

त्यस्तै, कपिलवस्तु नगरपालिकाभित्र बस्ने समाजसेवी उमा पौडेलले १ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । निर्णय भएको साढे ३ महिनापछि असोज १२ गते अस्पतालले मेसिनका लागि ३० दिने टेन्डर आह्वान गरेको थियो । पुस २१ गते मेसिन आइपुगेको हो । १ करोड ५ लाख रुपैयाँ खर्चमा ९ महिनापछि गत फागुनमा उक्त ल्याब सञ्चालनमा आएको थियो ।

ठेक्का लागेर बचेको रकमबाट मेसिन सञ्चालन र कार्यालय व्यवस्थापन गरिएको थियो । तर चार महिना चलेर जेठमा बन्द भएको ल्याब अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । बजेट नहुँदा ल्याब सञ्चालन गर्न नसकेको कपिलवस्तु अस्पतालका प्रमुख डा. किशोर बन्जाडेले बताए । ‘न्यूनतम शुल्क लिएर पनि ल्याब सञ्चालन गर्न मासिक ५ लाख रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘कतैबाट स्रोत नहुँदा समस्या भएको छ ।’

माघ ९ यता दैनिक ६० भन्दा बढी संक्रमति जिल्लामा थपिँदै छन् । १० गते ८० जना थपिएका थिए । अधिकांशको एन्टिजेन परीक्षणबाटै पहिचान भएको हो । ‘पीसीआर परीक्षण गरेर ढुक्क हुन चाहन्छु,’ कपिलवस्तु नगरपालिकाका प्रकाश अर्यालले भने, ‘यहाँ सुविधा नहुँदा मनमा शंका/उपशंका लिएर बस्नुपरेको छ ।’ दिनानुदिन संक्रमण बढ्दै जाँदा शंकास्पद बिरामीले परीक्षण गराउन चाहना राखे पनि पाएका छैनन् । ‘त्यसका लागि बुटवल, भैरहवा र भरतपुर जानुपर्ने हुन्छ । त्यता जाँदा खर्च बढी हुन्छ,’ अर्यालले भने । यहाँको प्रयोगशालामा एक घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता थियो ।

नतिजा दिन कम्तीमा ६ घण्टा लाग्ने कपिलवस्तु अस्पतालका ल्याब प्रमुख राकेश शाहले बताए । ल्याबमा जनशक्तिको समस्या छ । ‘फुल फेजमा चलाउन १० जना चाहिन्छन्,’ एक प्राविधिकले भने, ‘सामान्य रूपमा चलाउन एक सिफ्टमा कम्तीमा ४ जना चाहिन्छ ।’ कपिलवस्तु अस्पतालसँग ल्याबमा ९ जनाको जनशक्ति छ । जिल्लाका १० स्थानीय तहले ल्याब सञ्चालन गर्न ६/६ लाख रुपैयाँ दिने भनेर गत असारमै निर्णय गरेका थिए । तर अझसम्म रकम आएको छैन ।

ekantipur

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...