News Portal

रेडियो सुन्नुहोस्

बालिका हत्या आरोपमा युवक पक्राउ

झुलेनी नेटवर्क१६ माघ, वीरगञ्ज
८१२ पटक
१६ माघ, वीरगञ्ज

वीरगञ्जमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो ।

मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘योजना बनाएरै बालिकाको हत्या गरेको तथ्य खुलेको छ ।’ उनले भने तथ्यलाई पुष्टी गर्न प्रमाणहरु पनि संकलन भएका छन् ।’

माघ २ गते नै पक्राउ परेका मोतीको बारेमा प्रहरीले आइतबार जानकारी दिएको छ । उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...