News Portal

रेडियो सुन्नुहोस्

नव प्रतिभा साहित्य पुरस्कारबाट समृति र लक्ष्मी सम्मानित

सिखबर संवाददाताप्युठान २९ असार
१६८० पटक
प्युठान २९ असार

आदिकवि भानुभक्त आचार्यको २०५ आैँ जन्म जयन्ती समारोहको अवसरमा नव प्रतिभा साहित्य पुरस्कारबाट रेडियो महिला आवाज प्यूठानमा कार्यरत पत्रकार तथा नव साहित्यकार स्मृती घर्ती मगर ‘उपहार’ संगै लक्ष्मी घर्ती मगर ‘संघर्ष’ सम्मानित भएका छन् ।
२०५ आैँ भानु जयन्ती समारोहको अवसरमा भएको जिल्ला स्तरिय कविता वाचन तथा नव प्रतिभा साहित्य पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई नगद रु २ हजारको साथमा प्रमाण पत्र सहित सम्मान गरिएको हो।
साहित्य परिषद् प्युठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी भानु सामुदायिक सिकाई केन्द्र प्यूठानका अध्यक्ष अमर राज अधिकारी रहनु भएको थियो भने विशेष अतिथी स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानका पुर्ब क्याम्पस प्रमुख मोहोन गिरी रहनु भएको थियो ।
राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा साहित्य परिषद् प्यूठानका कोषाध्यक्ष बिमला खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको विधिवद रुपमा उट्घाटन गरिएको थियो।
साहित्य परिषद् प्यूठान, भानु सामुदायिक सिकाई केन्द्र प्यूठान, राप्ती साहित्य परिषद् प्यूठान शाखा र प्रगतिशील लेखक संघ नेपाल प्यूठान शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान परिवेशमा सामाजिक, भाैतिक र आर्थिक विकास संगै नैतिक विकास पनी अपरिहार्य रहेको भन्दै साहित्यकारले सधै न्याय, समानता र सत्यतामा अडिग रहेर कलम चलाउनु पर्ने कुरामा जोड दिएका छन्।
जिल्लाका बरिष्ठ साहित्यकार टोपाराम आचार्य, लिला पुन, भेषमान गिरी, देवेन्द्र रिजाल र गेहराज थापाले स्थापना गरेको नव प्रतिभा साहित्य पुरस्कारमा स्मृती घर्ती मगर ‘उपहार’ लाई ‘स्मृती’ मुक्तक संग्रहबाट र लक्ष्मी घर्ती मगर ‘संघर्ष’ लाई ‘पिँडामा हुर्किएको जिन्दगी’ गजल संग्रहबाट छनोट गरिएको आयोजकले जानकारी दिएको छ।
भानु सामुदायिक सिकाई केन्द्र प्युठानमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका विभिन्न बिधाका साहित्यकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन साहित्य परिषद् प्यूठानका सचिव नबराज आचार्यले गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...