News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : विवाहमा बज्दैनन् पञ्चेबाजा

झुलेनी पोष्ट
१५८७ पटक

ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा र विवाहमा बजाउने सनाई, थौकुडी, टेम्कुली, झ्याली र बाजा तालमा कम्मर ढल्काए खुवै नचरी लाग्थ्यो ।

आजभोली भने परम्पारागत बाजा ताल लोप हुँदै गएको छ । विवाह र उत्सवमा डेक बजाएर नाँच्ने प्रचलन बढेको छ । होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा विवाह गर्ने प्रचलन बढेको हो । गाउँबाट विवाह गर्नका लागि युवा युवतीहरु बजारका खुलेका पार्टी प्यालेसमा झर्ने क्रम बढ्दो छ ।

पञ्चेबाजा बजाउनेहरुको गुजारा चल्न छाडेपछि उनीहरु बैकल्पिक पेशा खोज्न बाध्य छन्। यो सँगै परम्परागत पञ्चेबाजा र मौलिकता पनि लोप हुन थालेको हो । साउण्ड सिस्टम र डेक बजाएर नाँच्ने चलन झनै बढेको छ । नयाँ युवा पुस्तामा देखासिकीमा विवाह गर्ने चलन बढ्दा गाउँघरमा परम्परागत विहे गर्न छोडेका हुन् ।

युवा पुस्ताले परम्परागत बाजा बजाउन छोड्नु र आधुनिकतासँगै रेडिमेट गितको प्रयोग बढ्नाले मौलिकता हराएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...