News Portal

रेडियो सुन्नुहोस्

एकैरातमा दर्जन बढी ठाउँमा चोरी : सुन र गहना नभेटाए तोड्दै भाग्दै

महेश थापा२०७८ माघ २५
७७० पटक
२०७८ माघ २५

प्यूठानमा गएराती दर्जन बढी ठाउँमा चोरी भएको छ । नौबहिनी र प्यूठान नगरपालिकाको बिभिन्न ठाउँमा चोरी भएको हो । नौबहिनी गाउँपालिका ६ बल्लेखोला रमेश केसीको घरबाट ६ तोला सुन चोरी भएको छ ।

श्रीदेव स्टोर्स पसल रहेको घरको गेट, कोठा र दराजको ताला फोरेर सुन र नगद चोरी भएको पिडित के.सी.ले बताए । दराजमा २ वटा पोकाको सुन चोरेको भएपनि ९ तोला सुन भएको पोका घरमै खसेको अवस्थामा उनीहरुले भेटाएका हुन् ।

पिडित के.सी.का अनुसार नगद ३५ हजार रुपैयाँ समेत चोरी भएको छ । गएराती आफूहरु घरमा नभएको मौका छोपी चिनेजानेको आफन्तबाटै चोरी भएको हुनसक्ने स्थानीयले बताए ।

त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा गएराती चोरी भएको छ । प्यूठान न.पा. ८ धाइरेका २ वटा पसलमा चोरी भएको हो । यहाँबाट शिव के.सी.को पसलबाट २२ हजार रुपैयाँ नगद, सुनको तिलहरी र ७/८ हजारको रिचार्ज कार्ड चोरी भएको छ ।

दम्तिका बिभिन्न पसलमा चोरी भएपनि नगद र सुन नभेटाएपछि ताला तोड्दै हिडेको स्थानीयले बताए । उनीहरुले बाख्रा गोठमा समेत तोडफाड गरी क्षति पुर्याएका छन । यो क्षेत्रका करिब १० वटा भन्दा बढी ठाउँमा चोरी भएको छ ।
यसैबिच प्यूठान नगरपालिको जुम्रिको घरबाट गत हप्ता घरको ताला तोडेर ८ तोला सुन चोरी भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...