News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन ४ वडामा सम्पन्न, २ वडामा हुँने

सुजाता थापा क्षेत्री२०७८ फागुन ०९ प्यूठान
९४९ पटक
२०७८ फागुन ०९ प्यूठान

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन १, ४, ५  र ६ गरी  ४ वटा वडामा सम्पन्न भएको छ भने २ वडाहरुमा साे शिविर १० गते वडा नं २ को तमु ल्होसार मञ्च र १२ गते वडा नं ३ को सजिकोटमा संचालन हुने भएको छ ।

सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो । सरुमारानीको वडा नं. १ झिलिवाङमा फागुन ८ गते आइतबार ९९ जना पशुपन्छीपालक कृषकहरुको २२३२ वटा पशुपन्छीहरुलाई आन्तरिक तथा बाह्रय परिजिवी नियन्त्रण लगायत अन्य रोग तथा समस्या अनुसारको औषधी उपचार, ८ वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप तथा ४ वटा बोका बन्ध्याकरण लगायतको सेवा प्रदान गरेको पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए ।

सो कार्यक्रम अनुरुप माघ २६ गते वडा नं ५ जस्पुरमा राखिएको निःशुल्क घुम्ती पशु स्वास्थ्य शिविरमा १ सय ७९ जना पशुपंक्षपालक तथा कृषकको ४ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई सेवा प्रदान गरेको थियो । फाल्गुन १ गते वडा नं ६ भिंग्रीखोलामा ६१ कृषकका ९ सय ४८ पशुपक्षी र फाल्गुन ३ गते वडा नं ४ को ५४ कृषकका १ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई निःशुल्क सेवा प्रदान गरेको प्रमुख गिरीले जानकारी दिए ।


विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख  गिरीले बताए । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बहर एवं अन्य बोकाहरुको बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श आदि सेवाहरु प्रदान गरिने भएको गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...