News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन ४ वडामा सम्पन्न, २ वडामा हुँने

सुजाता थापा क्षेत्री२०७८ फागुन ०९ प्यूठान
६९३ पटक
२०७८ फागुन ०९ प्यूठान

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन १, ४, ५  र ६ गरी  ४ वटा वडामा सम्पन्न भएको छ भने २ वडाहरुमा साे शिविर १० गते वडा नं २ को तमु ल्होसार मञ्च र १२ गते वडा नं ३ को सजिकोटमा संचालन हुने भएको छ ।

सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो । सरुमारानीको वडा नं. १ झिलिवाङमा फागुन ८ गते आइतबार ९९ जना पशुपन्छीपालक कृषकहरुको २२३२ वटा पशुपन्छीहरुलाई आन्तरिक तथा बाह्रय परिजिवी नियन्त्रण लगायत अन्य रोग तथा समस्या अनुसारको औषधी उपचार, ८ वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप तथा ४ वटा बोका बन्ध्याकरण लगायतको सेवा प्रदान गरेको पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए ।

सो कार्यक्रम अनुरुप माघ २६ गते वडा नं ५ जस्पुरमा राखिएको निःशुल्क घुम्ती पशु स्वास्थ्य शिविरमा १ सय ७९ जना पशुपंक्षपालक तथा कृषकको ४ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई सेवा प्रदान गरेको थियो । फाल्गुन १ गते वडा नं ६ भिंग्रीखोलामा ६१ कृषकका ९ सय ४८ पशुपक्षी र फाल्गुन ३ गते वडा नं ४ को ५४ कृषकका १ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई निःशुल्क सेवा प्रदान गरेको प्रमुख गिरीले जानकारी दिए ।


विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख  गिरीले बताए । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बहर एवं अन्य बोकाहरुको बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श आदि सेवाहरु प्रदान गरिने भएको गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...