News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी २ मा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन ११ प्यूठान
८०८ पटक
२०७८ फागुन ११ प्यूठान

सरुमारानी गाउँपालिका २ मा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर मंगलबार सम्पन्न भएकाे छ ।

सरुमारानी गाउँपालिका वडा नं.२ को तमु ल्होसार मञ्चमा संचालन गरिएको शिविरबाट १ सय २८ कृषकले लाभ लिएका छन । उनीहरुको ३ हजार ४ सय २२ पशुपंक्षीको समस्या अनुसारको औषधी उपचार र ७ वटा कुकुरलाई रेबिज रोग विरुद्ध खोप दिएको सरुमारानी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए। गाउँपालिकाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो । अहिले सम्म गाउँपालिका भित्रका ५ वटा वडाहरुमा शिविर सम्पन्न भईसकेको छ भने बाँकी रहेको वडा नं ३ को सजिकोटमा फागुन १२ गते संचालन हुने भएको छ ।

विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख गिरीले बताए । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श सेवाहरु दिदै आएको गिरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...