News Portal

रेडियो सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी प्यूठानका उपाध्यक्ष हलिम पार्टी नेतृत्वप्रति रुष्ट

झुलेनी पोष्ट२०७८ फागुन १६
१२७० पटक
२०७८ फागुन १६

नेकपा एकीकृत समाजवादी प्यूठान उपाध्यक्ष हलिम मियाले आइतवार संसदबाट एससीसी पारित गरेको विषयमा असहमति जनाउँदै बिज्ञप्ती निकालेका छन् । संसदबाट एमसीसी पारित गर्न आफ्नै पूर्व धारणा विपरित उभिएर एकीकृत समाजवादीले रहस्यमय रुपमा भुमिका खेलेको भन्दै मियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

आफैले राष्ट्रघाती भनेको सम्झौता रातारात कसरी राष्ट्रहित भयो भन्दै उनले सोमबार बिज्ञप्ति निकाल्दै केन्द्रिय नेतृत्वलाई प्रतिप्रश्न गरेका छन । यो विषयले देशभरीका नेता तथा कार्यकर्ताहरु गंभीर भएको बताउँदै उनले सत्ता स्वार्थका लागि गरीएको यस्तो भूमिकाले जनतासामु पार्टीका तर्फबाट मुख देखाउन लायक नभएको जारी बिज्ञप्तीमा लेखिएको छ ।

गठबन्धन र सत्ता टिकाउन सभामुख र १४ वना सांसदहरु जोगाउन भनी गरिएको कार्य गलत र खेदजनक रहेको र कथित ११ बुदे व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताका सन्दर्भमा कुनै अर्थ नरहने स्पष्ट पार्दै मियाले बिज्ञप्ती जारी गरेका हुन् । यसले प्यूठान जिल्लामा नेकपा समाजवादी पार्टीमा हलचल मच्चाएको छ । यस अघी नेकपा एमा लागेका पार्टी सचिव दिपेन्द्र केसी नेकपा एमालेमा फर्किसकेका छन् ।

नेकपा एसमा लागेका नेता कार्यकर्ताले एमसीसी पास गर्न पार्टी लागेमा सो पार्टी छोड्ने घोषणा गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...